Madhes Khabar
स्थानिय

भारतबाट तस्करी गरि ल्याइएको २४ लाखको दुई ट्याक्टर गँहु पर्साको लखनपुरबाट पक्राउ

वीरगन्ज,२२साउन : भारतबाट तस्करी गरि ल्याइएको दुई ट्याक्टर गँहु प्रहरीले बरामद गरेको छ ।पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर ६ लखनपुरस्थित पुलबाट प्रहरीले २४ लाख ५० हजार रुपैयाँ मुल्यको १ सय ८० क्वीन्टल गँहुसहित दुई वटा ट्याक्टर बरामद गरेको हो ।

भारतबाट पर्साको ग्रामीण भेगका नाका हुदैं गँहुको तस्करी भइरहेको सुचना प्रहरीलाई प्राप्त भएको थियो । त्यहि सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरीबाट खटिएको प्रहरीको टोलीले लखनपुरमा मे।१ त ४८४८ र ना।२ त ४५६८ नम्बरको ट्याक्टर रोकेर चेकजाँच गर्र्दा दुवै ट्याक्टरबाट भन्सार छलेर ल्याइएको १ सय ८० क्वीन्टल गँहु फेला परेपछि गँहुसहितको दुवै ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

पुलनजिक प्रहरीको टोली पुग्दा दुवै ट्याक्टरका चालकहरु गँहुसहितको ट्याटर छाडेर फरार भएको गिरीले बताए ।
बरामद गँहुसहितको ट्यक्टर आवश्यक अनुसन्धान र कारबाहीको लागि सोमबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरक्षिक गिरीले जानकारी दिए ।

 

Related posts

अपडेट : दिनभर तनावग्रस्त किन बन्याे सिमरा ?….

MadhesKhabar

बारामा माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्युु

MadhesKhabar

वडाध्यक्ष कुट्ने प्रहरीलाई कारबाहीकाे माग गर्दै वीरगन्ज महानगरका जनप्रतिनिधिहरुद्वारा आन्दोलनको घाेषणा

MadhesKhabar

Leave a Comment