Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरको कार्यपालिका सदस्यको निर्वाचन जेठ २० गते

मधेस खबर
वीरगन्ज, १४जेठ
: वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन यहि जेठ २० गते हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार , कार्यपालिका सदस्यको निर्वाचन जेठ २० गते हुने भएको भएको हो ।
प्रकाशीत निर्वाचन कार्यतालिका अनुसार, कार्यपालिका सदस्यका लागि मनोनयन दर्ता जेठ १७ गतेका लागि तोेकिएको छ ।

मतदान भने जेठ २० गते हुने निर्वाचन अधिकृतको कार्यालय वीरगन्जले जनाएको छ ।५ महिला र ३ खुल्ला सदस्य गरि कुल ८ सदस्य पदका लागि हुने निर्वाचनमा महानगरमा निर्वाचित मेयर , उपमेयर , ३२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्य गरि कुल १६२ जना मतदाता रहेका छन् ।


वीरगन्ज महानगरमा मेयर जसपाले , उपमेयर काँग्रेसले , १३ वटा वडा वडा अध्यक्ष जसपाले , ९ वटा वडामा वडा अध्यक्ष काँग्रेसले , ८ वटा वडामा वडाअध्यक्ष एमालेले र २ वटा वडामा वडा अध्यक्ष लोसपाले जितेको छ ।

Related posts

मधेसमा केही दिन अझै गर्मी बढ्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

MadhesKhabar

दारु खाएर शिक्षकलाई कुट्ने प्रसौनी–६ का वडाध्यक्ष कुशवाहा पक्राउ

MadhesKhabar

बारामा ट्याम्पु दुर्घटना हुदाँ तीन वर्षिया बालिकाको मृत्यु , ५ जना घाइते

MadhesKhabar

Leave a Comment