Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरको कार्यपालिका सदस्यको निर्वाचन जेठ २० गते

मधेस खबर
वीरगन्ज, १४जेठ
: वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन यहि जेठ २० गते हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार , कार्यपालिका सदस्यको निर्वाचन जेठ २० गते हुने भएको भएको हो ।
प्रकाशीत निर्वाचन कार्यतालिका अनुसार, कार्यपालिका सदस्यका लागि मनोनयन दर्ता जेठ १७ गतेका लागि तोेकिएको छ ।

मतदान भने जेठ २० गते हुने निर्वाचन अधिकृतको कार्यालय वीरगन्जले जनाएको छ ।५ महिला र ३ खुल्ला सदस्य गरि कुल ८ सदस्य पदका लागि हुने निर्वाचनमा महानगरमा निर्वाचित मेयर , उपमेयर , ३२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्य गरि कुल १६२ जना मतदाता रहेका छन् ।


वीरगन्ज महानगरमा मेयर जसपाले , उपमेयर काँग्रेसले , १३ वटा वडा वडा अध्यक्ष जसपाले , ९ वटा वडामा वडा अध्यक्ष काँग्रेसले , ८ वटा वडामा वडाअध्यक्ष एमालेले र २ वटा वडामा वडा अध्यक्ष लोसपाले जितेको छ ।

Related posts

वीरगन्ज महानगरका टोलटोलमा पुगेर नगरवासीको समस्या सुन्दै मेयर सिंह

MadhesKhabar

वडाध्यहरुसंग मेयर सिंहकाे आग्रह: भाेटकाे राजनीति भन्दा माथि उठेर वीरगन्जको विकासमा लाग्नुस्

MadhesKhabar

माग सम्बोधन नभए आन्दोलन गर्ने पर्साका सरकारी कर्मचारीहरुको चेतावनी

MadhesKhabar

Leave a Comment