Madhes Khabar
स्थानिय हेडलाइन

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा २ को मृत्यु, ३ घाइते

मधेसखबर
वीरगन्ज ,६ मंसिर: सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-१६ बस्ने ४५ वर्षीय कन्हाई चौधरी र महोत्तरीको बर्दिवास नगरपालिजनाका ६ बस्ने २५ वर्षीय सुनिल आले मगर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई मलंगवा अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ जंगलमा प्रदेश नं.२-०३-००४ प ७८८४ र ज ११ प ८१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सोमबार साँझ दुर्घटना भएको थियो ।

मोटरसाइकलमा पछाडि सबार कलैया नगरपालिका ३ ब्रम्हपुरी बस्ने ३२ वर्षीय अजय कुमार पटेल, २४ वर्षीया रुबिना तामाङ र २४ वर्षीया युवराज राई घाइते भएका छन् ।

घाइतेको स्थानीय स्तरमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।

Related posts

वीरगन्जमा नयाँ उद्यम गर्ने युवाहरुलाई सहयाेग गर्न महानगर तयार छ : मेयर सिंह

MadhesKhabar

वीरगन्जमा जाडाे अत्याधिक बढेपछि महानगरपालिकाले ठाउँ ठाँउमा आगाे ताप्ने व्यवस्था मिलायाे

MadhesKhabar

विश्वप्रसिद्ध गढीमाई मेलामा २ करोड बढी दर्शनार्थी आउने अनुमान

MadhesKhabar

Leave a Comment