Madhes Khabar
स्थानिय

पर्साका सिडिओ ढकालकाे सरुवा, नयाँ सिडिओ रेग्मी आउँदै

वीरगन्ज ,०७माघ :सरकारले पर्सा सहित एकै पटक ४२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।

उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालकाे गृहमन्त्रालयमा सरुवा गरिएकाे छ भने उनकाे ठाँउमा पर्सामा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई पर्सामा गृहमन्त्रालयले सरुवा गरेर पठाएकाे छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ गृह मन्त्रालयमा तानिएका छन् भने सुरेन्द्र पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

भक्तपुरको सिडिओमा सुर्खेतका खगेन्द्रप्रसाद रिजाललाई सरूवा गरिएको छ भने भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा तानिएको छ ।

जनघनत्व धेरै भएका जिल्लाहरू झापामा शिवराम पोखरेललाई पठाइएको छ भने दाङमा सुशील वैद्य तथा सुनसरीमा काभ्रेकी हुमकला पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

मोरङको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारका महानिर्देशक तीर्थराज भट्टराईलाई पठाइएको छ ।मोरङका सिडिओ काशीराम दाहाललाई धनुषा धनुषा पठाइएको छ ।

Related posts

सिमरा घटनापछि बाराका एसपी तामाङ हेडक्वाटर तानिए,अब बारामा आउने एसपी काे ?…

MadhesKhabar

पोखरियाको धर्मशालामा कमसल सामग्री प्रयोग गरिएपछि स्थानीयबासीले रोके काम

MadhesKhabar

पर्सामा राैनियार युवा समाज गठन

MadhesKhabar

Leave a Comment