Madhes Khabar
स्थानिय हेडलाइन

सिमरा घटनापछि बाराका एसपी तामाङ हेडक्वाटर तानिए,अब बारामा आउने एसपी काे ?…

वीरगन्ज,५मंसिर:बारा नेपाल प्रहरीका प्रहरी उपरीक्षक(एसपी) सन्ताेष तामाङ नेपाल प्रहरीको हेडक्वाटर (प्रहरी प्रधान कार्यालय) तानिएका छन्।उनकाे स्थानमा बारामा प्रहरी प्रधान कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक नरेन्द्र कुवँरलाई पठाएको छ।

 

सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीचकाे झडपका कारण दुई तनावकाे घटनापछि प्रहरी प्रधान कार्यालयले एसपी तामाङलाई हेडक्वाटर तानेकाे हुनसक्ने अनुमान छ।

 

यसैगरी धादिङका एसपी भेषराज रिजाललाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ भने एसपी सुमित खड्कालाई धादिङको जिम्मेवारी दिइएको छ ।

Related posts

एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा :वीर्तामा सुबेदी , श्रीपुरमा मगर र पोखरियामा पौडेल आउँदै

MadhesKhabar

बिपिसीमा आयाेजित व्यवसायिक योजना प्रस्तुतिकरण प्रतियोगितामा रिदम बाँनियाकाे समुह प्रथम

MadhesKhabar

पर्सामा १० केजी गाँजासहित माेटरसाइकल चालक पक्राउ

MadhesKhabar

Leave a Comment