Madhes Khabar
स्थानिय

पर्सामा १० केजी गाँजासहित माेटरसाइकल चालक पक्राउ

वीरगन्ज,१२कार्तिक:पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर  ५ निचुटा नौगछियाबाट प्रहरीले लागु ओैषध गाँजासहित एक जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ सुहपुरका ४५वर्षिय हिरामन यादव रहेका छन् ।यादवलाई १० केजी गाँजासहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिए ।
अस्थायी प्रहरी चाैकी सुपौलीबाट खटिएको प्रहरी गस्ती टोलीले निचुटाकाे नाैगछियास्थित सडकमा यादव सवार बीआर २२ए इ ६७४० नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलमा रहेकाे बाेराबाट उक्त गाँजा बरनमद गरेकाे हाे ।
गाँजासहित पक्राउ परेका यादवलाई  ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखेर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएएको छ।

Related posts

वीरगन्जमा छापा मार्न गएको सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

MadhesKhabar

वीरगन्जमा आजपनि बिहानैदेखि प्रदर्शन,सिडिओ कार्यालयमा हिन्दुवादीहरुसंग छलफल जारी

MadhesKhabar

एन्जल बसका चालक स्व. महतोका दुई छोराको १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मेयर सिंहले मिलाए

MadhesKhabar

Leave a Comment