Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा छापा मार्न गएको सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

वीरगन्ज,२६माघःवीरगन्ज–१० आदर्शनगरमा सोमबार ट्रान्सपोर्टको गोदममा छापा हान्न गएको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगन्ज– १० आदर्शनगरस्थित मदन गुप्ताको घर भाडामा लिएर विनोद साहले सञ्चालन गरेको सबिता ट्रेडर्सको गोदाममा सोमबार बिहान सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल वीरगन्ज भन्सारका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारी नेतृत्वको टोलीले छापा मारेर १२ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको साडी लगायतका कपडा बरामद गरेको थियो ।

उक्त गोदममा खानतलासी गर्ने क्रममा स्थानीय ट्रान्सपोर्ट व्यपारी र तीनका कर्मचारीहरुको समुहले सशस्त्र प्रहरीमाथि आक्रमण सशस्त्र प्रहरीको भागाभाग भएको थियो भने तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए । सशस्त्र प्रहरीका दुई वटा गाडीमा तोडफोडपनि गरिएको थियो ।

उक्त घटनामै संलग्न रहेको आरोपमा प्रहरीले सोमबार साँझसम्म तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले आदर्शनगरकै जय माँ दुर्गे ट्रान्सपोर्टमा कार्यरत प्रितम तिवारी, शिवचन्द साह र गुन्जन सर्राफलाई पक्रेर लगेको ट्रान्सपोर्टका सञ्चालक मदन प्रसाद गुप्ताले जानकारी दिए । उक्त घटनामा संलग्न नै नरहेका आफ्नो ट्रान्सपोर्टका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेर लगेको उनले बताए ।

यता वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक बिक्रम सुबेदीले भने अनुसन्धानका लागि सोमबार साँझसम्म प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको जानकारी दिए ।

राजश्व छलेर भित्रयाइएको सामान ट्रान्सपोर्टको गोदाममा भण्डारण गरेर राखिएको सूचनाका आधारमा सोमबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीको नेतृत्वमा दुई गाडी सशस्त्र प्रहरी आदर्शनगर गएको थियो ।सशस्त्र प्रहरीले गोदाममा खानतलासी गर्नका लागि प्रकृया सुरु गर्न खोजेपछि व्यपारीहरुले बिलबिजक आँफुहरुसंग भएपनि सशस्त्र प्रहरीले अनावश्यक रुपमा दुख दिन थालेकोभन्दै विवाद गरेका थिए । त्यसपछि सशस्त्र प्रहरीले गोदामको ढोकाको ताच्चा फुटाउन खोज्दा व्यपारीहरुले प्रतिवाद गर्दा अवस्था तनावग्रस्त बन्न पुगेको थियो ।

सशस्त्र प्रहरीले जबरजस्ति गर्न खोजेको भन्दै व्यपारीहरुले सशस्त्र प्रहरीको टोली र उनिहरु सवार भइ आएका दुई वटा गाडीमा बाँसको फाटा र ढुंगाले हान्न सुरु गरे गरेका थिए । त्यसपछि सशस्त्र प्रहरीको टोली गाडी लिएर त्यहाँबाट भागेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्रीले उक्त गोदामबाट भन्सार राजश्व छलीका १२ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको साडी लगायतका कपडा बरामद गरिएको बताए । सोमबार बिहान भएको झडपमा तीन जना सशस्त्र प्रहरी घाइते भएको र उपचारपछि उनिहरु ब्यारेकमा फर्किएको उनले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

 

Related posts

मधेसमा कठ्याङ्ग्रिँदो चिसो, सकेसम्म घरबाहिर ननिस्कन सुझाव

MadhesKhabar

हिंसा र तिरस्कारविरुद्ध मौनता तोड्दै मधेसका महिलाहरू

MadhesKhabar

पर्सा १ मा द्विवेदीकाे इन्ट्रीले राेचक भिडन्त

MadhesKhabar

Leave a Comment