Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्जमा सुरु भयो जय ट्रफी : ललितको घातक बलिङ्ले आर्मी १२१ रनमै समेटियो

तस्बिर : क्यानबाट सौजन्य ।

वीरगन्ज,२१पुसःनेपाल क्रिकेट संघ क्यानको आयोजनामा आइतबारदेखि सुरु जय ट्रफी मेन्स एलिट कपको पहिलो दिन वीरगन्जमा भएको खेलमा नेपाल पुलिस क्लबविरुद्ध पहिलो इनिङ्मा त्रिभुवन आर्मी क्लबले १ सय २१ रन बनाएको छ ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ३४.४ ओभरमा अलआउट हुँदै १ सय २१ रनमात्र बनाएको हो ।पुलिसका ललित राजवंशीले एक्लैले ७ विकेट लिएपछि आर्मी पहिलो इनिङ्मा १ सय २१ रनमै सिमित हुन पुग्यो ।

आर्मीका लागि कुशल मल्लले २५ रन, भीम सार्कीले २२ रन, विनोद भण्डारीले २१, बसिर अहमदले १२ रन, सोमपाल कामीले ५ रन र सन्तोष कार्कीले १ रन बनाए।

पुलिसका लागि ललितले १४.४ ओभर बलिङ गर्दै एक्लैले ७ विकेट लिए भने रसिद खान, श्रवण यादव र कुशल भुर्तेलले समान एक–एक विकेट लिए।

त्यसपछि आफ्नो पहिलो इनिङको व्याटिङ् थालेको पुलिसले पहिलो दिन १ सय ३ रन बनाएको छ ।पहिलो दिनको खेल सकिनुअघि पुलिसले २४ ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ३ रन बनाएको हो ।पुलिसका लागि ३४ रन बनाएका गुल्शन झा र १ रन बनाएका प्रेम तमाङ क्रिजमा अविजित छन्।त्यसबाहेक पुलिसका लागि अमित श्रेष्ठले १८ , रसिद खानले १६, शंकर राना १३ र दिलिप नाथले १० रनमात्रै जोडे । कुशल भुर्तेल र अर्जुन साउद भने शुन्य रनमै आउट हुन पुगे ।

बलिङ्तर्फ आर्मीका साहब आलम एक्लैले ५ विकेट लिए । ११ ओभर बलिङ् गरेका आमलमले ५५ रन खर्चिएर ५ विकेट लिएका हुन् । त्यस्तै सोमपाल कामी र पवन कार्कीले मान एक–एक विकेट ििलए।सोमबार दोश्रो दिनको खेल पुलिसले १ सय ४ बाट सुरु गर्नेछ ।
आइतबार प्रतियोगिताको समुद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।त्यसअसरमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह लगायतकाकोपनि उपस्थिती थियो ।

रेड बल र ह्वाइट जर्सीको प्रयोग भइरहेको दुई दिवसीय जय ट्रफी एलिट कप माघ ३ गतेसम्म चल्नेछ ।यस प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप(पिएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन् ।

सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच माघ ३ गते फाइनल खेल हुनेछ ।लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए।

 

Related posts

आईपीएलमा आज लखनउसंग भिड्दै मुम्बई

MadhesKhabar

यू–१९ एशिया कप क्रिकेटको फाइनलमा भारत र बंगलादेश भिड्ने

MadhesKhabar

पर्सा प्रहरीको ठूलाे सफलता : वीरगन्जमा अहिलेसम्मकै धेरै ब्राउन सुगरसहित ४ काराेबारी पक्राउ

MadhesKhabar

Leave a Comment