Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जको बयोधा मेडिसिटी अस्पतालले असुलेको रकम फिर्ता गर्न जनमत पार्टीको माग

मधेसखबर
वीरगन्ज,२४बैशाख : जनमत पार्टी पर्साले वीरगन्जको गण्डकमा अवस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालले बिरामीको उपचार बापत परिवारजनसंग विभिन्न शीर्षकमा लिएको रकम फिर्ता गर्न माग गरेको छ ।जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

गत बैशाख १३ गते मोटरसाइकल दुर्घटनामा परि घाइते भएका बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का विजय चौरसिया र धिरज गुरुङको बयोधा मेडिसिटी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । उपचार बापत अस्पतालले चौरसियाको परिवारजनसंग ३ लाख १० हजार र गुरुङको परिवारजनसंग ६ लाख रुपैया लिएको थियो ।

तर ती दुवै जनाको परिवारसंग अस्पतालले हुदै नभएको उपचार र अनेक शीर्षकमा अत्यन्त महङगो शुल्क लिएको गुनासो आएपछि जनमत पार्टीले अस्पतालले लिएको रकम फिर्ता गर्न माग गरेको हो ।

यसका साथै जनमत पार्टीले बयोधा मेडिसिटीसहित अन्य अस्पतालहरुलाई पनि बिरामीको उपचारमा चर्को शुल्क नलिन ध्यानाकर्षण गराएको छ । जनमत पार्टी पर्साका संयोजक सर्राफले जारी गरेको विज्ञप्तिमा बिरामीको उपचार सुरु गर्न अघि उपचारमा लाग्ने खचर्चको पूर्व जानकारी बिरामीका परिवारजनलाई गराउन , अस्पतालको बीलमा लेखिने रकमको स्पष्ट आधार खुल्ने विवरण राख्न , अस्पतालमा नागरिक वडापत्र राख्न र उपचारका क्रममा बिरामीको मृत्यु भएमा उपचारमा लागेको खर्च रकम मिनाहा गर्न पनि पनि माग गरिएको छ ।आफुहरुले राखेका माग अस्पतालले सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी पनि सर्राफले दिएका छन् ।

Related posts

वीरगन्जमा १ वर्षअघि विहे भाँडिएको प्रकरण : बेहुलासहितका ५ जनालाई ६/६ महिना कैदको फैसला

MadhesKhabar

वीरगन्जमा कम्प्युटरको तालिम लिइरहेका ३० जना दृष्टि विहिनहरुलाई खाद्यान्न सामग्री सहयोग

MadhesKhabar

जथाभावी फोहोर फाल्नेमाथि वीरगन्ज महानगरले सार्वजनिक मुद्दा पनि चलाउने

MadhesKhabar

Leave a Comment