Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जको बयोधा मेडिसिटी अस्पतालले असुलेको रकम फिर्ता गर्न जनमत पार्टीको माग

मधेसखबर
वीरगन्ज,२४बैशाख : जनमत पार्टी पर्साले वीरगन्जको गण्डकमा अवस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालले बिरामीको उपचार बापत परिवारजनसंग विभिन्न शीर्षकमा लिएको रकम फिर्ता गर्न माग गरेको छ ।जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

गत बैशाख १३ गते मोटरसाइकल दुर्घटनामा परि घाइते भएका बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का विजय चौरसिया र धिरज गुरुङको बयोधा मेडिसिटी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । उपचार बापत अस्पतालले चौरसियाको परिवारजनसंग ३ लाख १० हजार र गुरुङको परिवारजनसंग ६ लाख रुपैया लिएको थियो ।

तर ती दुवै जनाको परिवारसंग अस्पतालले हुदै नभएको उपचार र अनेक शीर्षकमा अत्यन्त महङगो शुल्क लिएको गुनासो आएपछि जनमत पार्टीले अस्पतालले लिएको रकम फिर्ता गर्न माग गरेको हो ।

यसका साथै जनमत पार्टीले बयोधा मेडिसिटीसहित अन्य अस्पतालहरुलाई पनि बिरामीको उपचारमा चर्को शुल्क नलिन ध्यानाकर्षण गराएको छ । जनमत पार्टी पर्साका संयोजक सर्राफले जारी गरेको विज्ञप्तिमा बिरामीको उपचार सुरु गर्न अघि उपचारमा लाग्ने खचर्चको पूर्व जानकारी बिरामीका परिवारजनलाई गराउन , अस्पतालको बीलमा लेखिने रकमको स्पष्ट आधार खुल्ने विवरण राख्न , अस्पतालमा नागरिक वडापत्र राख्न र उपचारका क्रममा बिरामीको मृत्यु भएमा उपचारमा लागेको खर्च रकम मिनाहा गर्न पनि पनि माग गरिएको छ ।आफुहरुले राखेका माग अस्पतालले सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी पनि सर्राफले दिएका छन् ।

Related posts

नेपाली नम्बर प्लेटका गाडीलाई रक्साैल प्रवेशमा लगाइएकाे राेक फुकुवा

MadhesKhabar

जगरनाथपुर गाँउपालिकाकाे वडाहरु मै शिविर सन्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण

MadhesKhabar

पर्साकाे एकटांगामा २३९ जना सुकुम्बासीलाई निस्सा वितरण

MadhesKhabar

Leave a Comment