वीरगन्ज,११वैशाखःवीरगन्ज महानगरपालिकाले आज (शुक्रबार) शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महानगरपालिकाको कार्यालयमा आज शोक विदा दिइएको हो।
मेस्तर्नीको यही बैशाख ४ गते निधन भएको थियो। उनी २०६४ साल पुस ९ गतेदेखि महानगरपालिकामा स्थायी रूपमा कार्यरत थिइन्।
महानगरपालिकाले दिवंगत मेस्तर्नीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। उनको सम्झनामा शुक्रबार बिहान १०ः३० बजे महानगरपालिकाको प्रांगणमा शोक सभा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा महानगरका मेयर राजेशमान सिंहको उपस्थितिमा प्रशासन प्रमुख सुनिल कुमार कर्ण तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।
प्रशासन प्रमुख कर्णका अनुसार आज महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरू बन्द रहनेछन्।

