Madhes Khabar
स्थानिय हेडलाइन

मेनरोडका घरहरु भत्किएको मौका छोपेर भाडा बढाउन दबाब दिने घरधनीलाई कारबाही गर्ने महानगरको चेतावनी

वीरगन्ज,१०वैशाखः वीरगन्ज महानगरपालिकाको कार्यालयले मेनरोड विस्तारका लागि सडक सीमा क्षेत्रमा परेका घरहरुमा डोजर लगाएर भत्काइएपछि त्यसको अनुचित मौका छोपेर अन्यस्थानका घरधनीहरुले भाडा बढाउने र अनाधिकृत धरौटी रकमका लागि बहालमा बसेका पसलेहरुलाई दबाब दिइरहेको बारेमा ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार एक सूचना नै जारी गरेर महानगरपालिकाको कार्यालयले मेनरोडका घरहरु भत्किएको मौका छोपेर भाडा बढाउन दबाब दिने, अनाधिकृत धरौटी रकम माग्ने, बढी भाडा पाईने लोभमा समझौता अगावै हटाउन खोज्ने लगायतका कामहरू भईरहेको जनगुनासो प्राप्त भएकोले महानगरपालिका कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्ता कार्य नगर्न आग्रह गर्दै महानगरपालिकाले यदि कोहि पनि घरधनीले त्यसो गरेको पाइएमा जरिवानासंगै प्रचलित कानुन बमोजिम थप कारवाहि गरिने चेतावनीसमेत दिएको छ ।

साथै महानगरपालिकाले घर, कोठा, सटर र गोदाम आदि बहालमा लेनदेन गर्दा पक्षहरूविच दबाबरहित र यथार्थ भाडा दर तय गरि गराई सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराई उक्त सम्झौता पत्रको १ प्रति वीरगन्ज महानगरपालिकाको राजस्व व्यवस्थापन महाशाखामा अनिवार्य रुपले पेश गर्नपनि निर्देशन दिएको छ ।

महानगरपालिकाले जारी गरे सूचनामा भनिएको छ :

वीरगंज महानगरपालिका क्षेत्रभित्र पर्ने त्रिभुवन राजपथ विस्तारको क्रममा मुख्य सडकको घरहरू भत्किएको मौका छोपेर अन्य स्थानका घरधनीहरूले समझौता बमोजिम बहालमा बसिरहेका ब्यवसायीसँग अत्याधिक भाडा बढाउन दबाब दिने, बढी भाडा पाईने लोभमा समझौता अगावै हटाउन खोज्ने, अनधिकृत रूपमा धरौटि माग गर्ने लगाएतको कामहरू भईरहेको जनगुनासो प्राप्त भएकोले यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

घर, कोठा, सटर र गोदाम आदि बहालमा लेनदेन गर्दा पक्षहरूविच दबाबरहित र यथार्थ भाडा दर तय गरि गराई सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराई सो सम्झौता पत्रको १ प्रति वीरगंज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गत राजश्व व्यवस्थापन महाशाखामा अनिवार्य रुपले पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

साथै आपसी समझदारी बाहेक अभावको मौका छोपी बहालवालालाई दबाब दिई लेनदेन गरेको, यथार्थ सम्झौता बाहेक फर्जी सम्झौता पेश गरेको पाईएमा शुरू अवधिबाटै जरिवाना र प्रचलित कानुन बमोजिम थप कारवाहि गरिने सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

 

Related posts

आज छठ पर्व हर्षोल्लाशका साथ मनाइदै

MadhesKhabar

वीरगन्ज चिनी मिल अगाडिको नालामा एक पुरुषकाे शव भेटियाे

MadhesKhabar

नेपाल ब्युटिसियन संघ पर्साको २१ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान

MadhesKhabar

Leave a Comment