Madhes Khabar
स्थानिय

वीरगन्ज चिनी मिल अगाडिको नालामा एक पुरुषकाे शव भेटियाे

वीरगन्ज,११बैशाख: वीरगन्ज महानगरपालिकास्थित चिनी मिल अगाडिको नालामा एक अज्ञात पुरुषको शव भेटिएको छ।

अन्दाजी ५०-५५ वर्ष उमेर रहेको पुरुषको शव नालामा डुबेको अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मङ्गलवार दिउँसो स्थानीयहरूले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली त्यहाँ खटाइएको छ ।

पहिचान खुल्न नसकेको शवको विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

 

Related posts

प्रेस युनियनकाे स्थापना दिवसकाे अवसरमा वीरगन्जमा प्रभातफेरी

MadhesKhabar

पोखरियाका मेयर चौहानको चेतावनी : मेरो बारेमा फेसबुकमा जथाभावी लेख्नेलाई ठिक पार्छु

MadhesKhabar

वीरगन्जकाे ड्राइपाेर्ट चाेकमा ट्रकको ठक्करबाट एक बृद्धकाे मृत्यु

MadhesKhabar

Leave a Comment