Madhes Khabar
स्थानिय हेडलाइन

प्रेस युनियनकाे स्थापना दिवसकाे अवसरमा वीरगन्जमा प्रभातफेरी

वीरगन्ज , १३जेष्ठ : नेपाल प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले प्रभात फेरी निकालेकाे छ।

वीरगन्ज स्थित घण्टाघर चाेक‌बाट‌‌ शनिबार बिहान निकालिएको प्रभात फेरि माइस्थान,आदर्शनगर,घडीअर्वा पोखरी हुदै नगर परिक्रमा गरि पुन घण्टाघर‌ चाेकमा पुगेर सप्पन्न भएको थियो।

प्रभात फेरिपछि आयाेजित काेणसभालाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले लाेकतन्त्रवादी सन्चारकर्मीहरुकाे साझा संगठन प्रेस युनियन श्रमजीवी सन्चारकर्मीहरुकाे हक अधिकार र पेशागत सुरक्षाका लागि सदैव लड्दै आएकाे बताए ।उनले श्रमजीवी सन्चारकर्मीहरुका लागि अन्य संघसंगठनसंग सहकार्य गरेर अगाडि बढ्न आग्रह पनि गरे ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले देश अहिले आर्थिक र राजनीतिक संकटमा परेका बेला नेपाली पत्रकारितालाइ अझै सबल बनाउनुपर्ने आवश्यकता भएकाे बताए ।

नेपाल प्रेस युनियनका केन्द्रीय सचिव एंव पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष अशाेक तिवारीले यदि कुनै पत्रकार क्रियासिल छैन भने त्यसको सदस्यता नविकरण नगर्न पत्रकार महासंघ पर्सा शाखाकाे नेतृत्वलाई आग्रह गरे।

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी,नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य निलिमा पौडेल,श्रीराम रायमाझी,नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष अशोक तिवारी,नेपाल प्रेस युनियन पर्साका पुर्व अध्यक्ष रामनारायण कुर्मी,नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष अलि असगर देवान,नेपाल प्रेस युनियन पर्साका पुर्व सचिव लालकिशोर सिंह,नेपाल प्रेस युनियन मधेस प्रदेशका सदस्य श्रवण प्रसाद साह,अजय कुमार साह,राहुल गुप्ता,नेपाल फोटो पत्रकार महासंघका अग्रज पत्रकार पन्कज श्रेष्ठ,पर्साका कृयासिल पत्रकार राजन रौनियार,लालबाबु सिंह,अर्जुन गुप्ताका साथै विभिन्न संगठनका पत्रकारहरु तथा नेपाली कांग्रेसका युवा नेता मनोहर साह र दिलिपराज कार्की लगायतको उपस्थित रहेको थियोे ।

कार्यक्रमकाे सहजिकरण नेपाल प्रेस युनियन पर्साका सचिव इरफान अलिले गरेका थिए।

Related posts

महानगरका मेयरमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै जसपाले सिडियोलाई बुझायो ज्ञापन

MadhesKhabar

नारायणी अस्पतालबाट हाल १४ सय बढी एचआइभी संक्रमितले नियमित सेवा लिदैं

MadhesKhabar

वन तथा वातावरणमा उत्कृष्ट काम गरेको पर्साको जगरनाथपुर गाँउपालिका वन मन्त्रालयबाट पुरस्कृत

MadhesKhabar

Leave a Comment