Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरको कार्यालयमा कर्मचारीसंग हुलहुज्जत गर्नेहरुलाई कारबाही गर्न माग

वीरगन्ज, १२ असार : वीरगन्ज महानगरपालिकाका कर्मचारीहरुले कार्यालयमा बसेर काम गर्न समस्या भएको भन्दै मंगलबार महानगरपालिकाका उपमेयर इम्तियाज आलमलाई ज्ञापनपत्र बुझाएका छन् ।

कार्यालय समयमा कामगरिरहेका बेला विभिन्न शाखाका कर्मचारीलाई केहि व्याक्तिहरुले राजनीतिक आग्रह पुर्वाग्रहले शाखामै आएर मानसिक यातना दिदै आएकाले त्यसलाई रोक्न माग गर्दै कर्मचारी सम्बद्ध संघसंगठनले उपमेयर आलमलाई ज्ञापनपत्र बुझाएका हुन् ।स्थानिय तह कर्मचारी युनियन जिल्ला कार्यसमिति पर्सा,नेपाल कर्मचारी संघ वीरगन्ज महानगरपालिका र स्थानीय तह कर्मचारी संघ नेपालले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन्।

महानगरको नगरसभाको १२औं अधिवेशनले निर्दिष्ट गरेका नीति तथा कार्यक्रम अनुसारका विकास निर्माण, सामाजिक विकासका कार्यक्रम तथा बजेट कार्यान्वयनमा आफुहरु अहोरात्र खटिरहेको भएपनि विभिन्न स्थानमा कार्यान्वयन भई रहेको योजनाका सन्दर्भमा राजनीतिक पुर्वाग्रह एवं प्रतिसोधको भावनाले महानगरपालिकाको विभिन्न शाखामा पुगेर कर्मचारीहरुसंग हुुलहुज्जत गर्दै अबाञ्छित दवाव दिने काम भइरहेको कर्मचारी संगठनहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

कर्मचारीहरुलाई बदनाम गर्ने र तनाब दिने त्यस्ता क्रियाकलाप र उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिहरुको पहिचान गरी कारबाहीको दायरामा ल्याई काम गर्ने वातावरण सृजना गरी शान्ति सुरक्षा व्यबस्था मिलाउन आग्रह गर्दै ज्ञापनपत्र बुझायएको कर्मचारी संगठनका नेताहरुले बताएका छन् ।आफुहरुको माग सम्बोधन नगरिए महानगरपालिका कार्यालयको अत्यावश्यक बाहेकका सम्पूर्ण कामकाज ठप्प पारी आन्दोलनमा उत्रने चेतावनी पनि उनिहरुले दिएका छन् ।

 

Related posts

पर्साको कालिकामाईकाे विद्यालयमा अचानक २५ भन्दा बढी विद्यार्थीहरु बेहाेश

MadhesKhabar

जलवायु परिवर्तनको असर :मधेसमा फेरि चापाकल सुक्न थालेपछि खानेपानीको समस्या बिकराल बन्दै

MadhesKhabar

सेवा प्रवाहलाई सहज बनाउने पहिलो प्राथमिकता: बाराका सिडिओ घिमिरे

MadhesKhabar

Leave a Comment