Madhes Khabar
स्थानिय

सेवा प्रवाहलाई सहज बनाउने पहिलो प्राथमिकता: बाराका सिडिओ घिमिरे

बारा,१०माघ:बारामा हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले सेवा प्रवाहलाई सहज र सरल बनाउने पहिलो प्राथमिकता दिने बताएका छन् ।

बाराका सञ्चारकर्मीहरुसंगकाे परिचयात्मक तथा भेटघाट कार्यक्रममा प्रजिअ घिमिरेले यस्ताे बताएका हुन्।

उनले जिल्ला प्रशासन कार्यालय र जिल्लाका अन्य निकायहरुमा सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्दै सहज र सरल रुपमा आम नागरिकसंग सेवाकाे पँहुच पुर्‍याउने आफ्नो पहिलो प्रथमिकता रहने बताए ।

जिल्ला प्रशासन कार्यालय बाराबाट दिईने सेवाहरु नगरिकता, पासपोर्ट,राष्ट्रिय परिचयपत्र वितरण प्रणालीलाई व्यवस्थीत गर्दै छिटो र सहज रुपमा सेवा पाउने गरी काम गर्ने उनले बताए ।

उनले जिल्लामा भन्सार छली,चोरी निकासीलाई नियन्त्रण गर्न प्रहरीको निगरानी बढाउने र अनुचित लेनदेन, मिटर ब्याजीलाइ कारवाही जस्ता कामलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताए ।स्थानीय तहसंग समन्वय गरि बजार अनुगमन,लागु औषध नियन्त्रण तथाबढ्दो सवारी चोरीलाई नियन्त्रण गर्ने योजना रहेकोपनि उनले सुनाए ।

प्रजिअ घिमिरेले पत्रकारहरुलाई कुनै कतैबाट असुरक्षित महसुस भए आफुलाई तथा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरे।

परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य,राष्ट्रिय अनुसन्धानका उप– निर्देशक अभिनय कुमार सिंह,जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेकोपनि उपस्थिति थियो ।

Related posts

गाेपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार पासवानले पाउने

MadhesKhabar

जगरनाथपुरमा युवाहरुलाई स्वराेजगार बनाउन सीपमुलक तालिम सञ्चालन

MadhesKhabar

युवालाई स्वरोजगार बनाउन सीपमुलक तालिम दिन महानगर तयार छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment