Madhes Khabar
स्थानिय हेडलाइन

नागरिकता लिन पर्सामा सेवाग्राहीको भिड, पहिलोदिन लिए १२१ जनाले नागरिकता

वीरगन्ज, ११ असार : नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागु भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा बंशजको नागरिकता लिने जन्मसिद्ध नागरिकका सन्तानहरुको भिड बढेको छ ।

नयाँ नागरिकता ऐन अनुसार पहिलोदिन पर्साबाट जन्मसिद्ध नागरिकका १ सय २१ जना सन्तानले बंशजको नागरिकता लिएका छन् भने नागरिकता प्राप्तिका लागि हालसम्म ३ हजार ६ सय भन्दा बढिले आवेदन दिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलोदिन आइतवार जन्मसिद्ध नागरिकका सन्तान १ सय २१ जनाले बंशजको नागरिकता प्राप्त गरेको कार्यालयका प्रवक्तासमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

लामो समयदेखि अड्किएको नागरिकता विद्येयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरणभइ राजपत्रमा प्रकाशीत भएपनि जेठ १६ गते सर्वोच्च अदालतमा रिट परेको थियो । रिट परेपछि सर्वोच्चले अन्तरिम आदेश गरेको थियो । त्यसपछि जेठ ७ मा भएको अन्तिम सुनुवाइमा अन्तरिम आदेश खारेज भएपछि जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्ने बाटो खुलेको हो ।अल्पकालिन आदेश जारी नगर्ने अन्तरिम आदेश जारी गरेसँगै उक्त ऐन कार्यन्वयनमा आएको हो ।

नयाँ नागरिकता ऐन अनुसार आइतबारबाट जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्न सुरु गरिएको पौडेलले बताए । नागरिकता लिनेहरुको भिडलाई मध्यनजरगरि जिल्ला प्रशासन कार्यालय पर्साले अनलाईन टोकन प्रणालीबाट सेवा दिन सुरु गरेको पौडेलले बताए ।

सेवाग्राहीहरुलाई कार्यालयमै आएर लाईन लागि पालो कुर्नुपर्ने झन्झट नहोस् र सास्ती तथा हैरानी खेप्न नपरोस् भन्नका लागि अनलाइन टोकन प्रणालीबाट सेवा दिन थालिएको हो, पौडेलले भने ।

अनलाईनबाटै टोकन लिएर सोही टोकनमा उल्लेख भएबमोजिमको मितिमा आएर सेवा लिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय पर्साको वेवसाइटमा गएर अनलाईन टोकन लिन सक्नेछन् ।

सोमबार दिउँसो १ बजेसम्म जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ६८४ वटा टोकन वितरण भइसकेको पौडेलले जानकारी दिए ।
पर्सा जिल्लामा २०६३ सालमा खटेको नागरिकता टोलीबाट जन्मका आधारमा करीब १३ हजारभन्दा बढीले नागरिकता लिएको पौडेलले बताए । अहिले उनीहरूको छोराछोरी १५ हजारभन्दा बढी भएको र त्यही संख्यामा उनिहरुलाई बंशजको नागरिकता वितरण हुने अनुमान गरिएको पनि उनले बताए ।

 

Related posts

पर्साको वीरगन्ज सहितका नाकाबाट सशस्त्र प्रहरीद्वारा २१ करोड बढीको तस्करीको सामान बरामद

MadhesKhabar

जिल्ला प्रहरी कार्यालय पर्सामा बिचौलियालाई प्रवेशमा कडाइ

MadhesKhabar

आज महानवमी: नवरात्रीकाे अन्तिम दिन विशेष पूजा आरधना गरिदैं

MadhesKhabar

Leave a Comment