
कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै जनताको दुःख–सुख, समस्या र अपेक्षा नजिकबाट बुझ्ने अवसर प्राप्त भएको बताएका छन् । जनतासँग प्रत्यक्ष संवादपछि अभियानलाई थप जिम्मेवारी र प्रतिबद्धताका साथ अगाडि बढाउने प्रतिबद्धता पनि उम्मेदवार यादपले व्यक्त गरेका छन् ।
यसपालिको अभियान केवल चुनाव जित्ने उद्देश्यमा सीमित नभई वडा र वडावासीको अवस्था वयवस्थामा सकारात्मक परिवर्तन गर्ने संकल्प भएको पनि उनले उल्लेख गरे। यादवका अनुसार पारदर्शिता, सुशासन, शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीका क्षेत्रमा स्पष्ट योजनासहित आफु अघि बढिरहेको र स्थानीयको विश्वास तथा साथबाट मात्र समृद्ध वडा निर्माण सम्भव हुने बताए।
स्थानीयवासीहरूले घरदैलो अभियानलाई सकारात्मक रूपमा स्वागत गर्दै विकास र सुशासनका अपेक्षा राखेका छन् ।


