Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जमा अनुमति बेगर सञ्चालित ५ वटा निजी विद्यालयमा महानगरले गर्यो सिललबन्दी

वीरगन्ज,२९जेष्ठःवीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रमा अनुमति विना सञ्चालित ५ वटा निजी विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ ।वीरगन्ज महानगरपालिकाको शिक्षा समितिका अनुगमन समितिका संयोजक ईश्वरचन्द्र यादव नेतृत्वको टोलीले अनुमति बेगर सञ्चालित ५ वटा निजी विद्यालयमा सिलबन्दी गरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बगैंचामा निनोस वीरगन्जको नामबाट सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह (मन्टेश्वरी) मा महानगरले सिलबन्दी गरेको संयोजक यावले बताए । यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीमा २०५७ सालदेखि अबैध रुपमा सञ्चालितत सिटिजन पब्लिक स्कुल र २०७५ सालदेखि सञ्चालित ए.एस. नलेज एकेडेमीमापनि मंगलबार सिलबन्दी गरिएको उनले जानकारी दिए।

यस्तै वीरगन्ज महानगथरपालिका वडा नम्बर १८ भवानिपुरमा संचालित सुरज एकेडेमीपनि अनुमति विना नै संचालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको उनले बताए । भवानीपुरमै अनुमति भन्दा बढी तहको कक्षा संचालन गरेको बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरिएको यादवले जानकारी गराए ।

अनुगमनमा खटिएको टोलीमा संयोजक यादवसंगै महानगरपालिकाकाको शिक्षा महाशखाका अधिकृत आनन्द लामिछाने, मेयर राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतकोपनि सहभागीता थियो ।

Related posts

वीरगन्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो

MadhesKhabar

दशैंमा वीरगन्जको व्यपार सुनसान , रक्सौलको बजार गुल्जार

MadhesKhabar

पर्साको जिल्ला प्रशासन कार्यालयमा सिडिओ अर्यालको पहलमा पहिलो पटक इजलाश कक्ष स्थापना

MadhesKhabar

Leave a Comment