Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

लोक आस्थाको पर्व छठ विधिवत रुपमा सुरु

फाइल तस्बिर ।

वीरगन्ज, २०कार्तिकः श्रद्धा, भक्ति र सम्पूर्ण तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने छठ पर्व आज (मंगलबार) देखि विधिवत सुरु भएको छ ।

सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् चाड छठ पर्व आजदेखि सुरु भएको हो ।कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ ।छठ पर्बको पहिलो दिन आज छठका व्रतालुहरुले खोला, नाला, नदी, पोखरी , तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खान्छन् ।

छठको दोश्रो दिन भोली (बुधबार)अर्थात पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन देखि नै ब्रतालुहरुले निर्जला उपपवास सुरु गर्छन् ।

छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ ।त्यस दिन ब्रतालु महिलाहरुले नदि , पोखरी , तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाइ र भोलि पल्ट सप्तमी तिथीका दिन बिहान उदाउदो सुर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्ब विधिवत रुपमा समापन हुन्छ ।

आजदेखि विधीवत छठ पर्ब सुरु भएपनि छठको मुख्य दिन षष्ठी तिथी बिहीबार परेकाले तराई–मधेसका जिल्लामा छठ पूजाको लागि तयारी तीव्र रुपमा भइरहेको छ ।छठ पर्व मनाउनेहरु पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आ–आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लिन भएर जुटेका छन् ।

छठी घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका कामहरू तीव्र रुपमा भइरहेको छ ।वीरगन्जको घडीअर्वा, रानीघाट, नगवा, मुर्ली, छपकैया, पिपरा, रामगढवा, परवानीपुर, बहुअरी , आदर्शनगरको स्वीमिङपुल , इनर्वा लगायतका क्षेत्रमा छटघाट सजावट र सरसफाईको काम तीव्र रुपमा भइरहेको छ ।

यसका साथै यहाँका बजारमा छठ पूजाका लागि चाहिने बाँसका नाङगलो , डालो , सुपली , टोकरी , माटोको कलश , दियो , पुजन सामाग्री र प्रसादमा प्रयोग हुने उखु , फलफुल , मिठाइ , हरियो तरकारी , गहुको पिठो , चिनी , तेल , नयाँ लत्ताकपडा लगायतका सामान किन्नेहरुको आइतवार देखि नै भिडभाड बढेको छ ।

वीरगन्जको घण्टाघर चोक देखि माइस्थान चोक सम्मको सडकमै छठका पुजन सामाग्री , फलफुल र बासका सामाग्री बेच्न पसलहरु थापिएका छन् ।

ब्रतालुहरुले छठ पूजाका सामाग्री षष्ठी तिथीको बिहान सम्म पनि किन्ने भएकाले त्यस दिन सम्म पनि यहाँका बजारमा छठको किनमेल गर्नेहरुको भिड लाग्ने गर्छ ।

 

Related posts

सुनको मूल्य बढेर फेरि ३ लाखमाथि पुग्यो

MadhesKhabar

वीरगन्जबाट केपी ओलीको गर्जन : कांग्रेस सहमतिमा नआएपनि नीति,कार्यक्रम र बजेट पास हुन्छ

MadhesKhabar

पर्सा–१ : एमालेका प्रदीप यादव अगाडि,कांग्रेस पछ्याउँदै,रास्वपाको ग्राफ घट्दै

MadhesKhabar

Leave a Comment