Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज क्षेत्रमा औद्योगिक सुरक्षा बल स्थापनाका लागि पहल गर्छु : सशस्त्र प्रहरी उपरिक्षक थपलिया

मधेसखबर
वीरगन्ज,२२माघः पर्सामा हालै सरुवा भइ आएका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले पर्सा–बारा औद्योगिक कोरिडोरमा औद्योगिक सुरक्षा बलको स्थापनाका लागि पहल गर्ने बताएका छन् ।

आइतबार वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी उउपरिक्षक थपलियाले भारतको सीमा क्षेत्रमा डिजिटलाइज पुलिसिङ्गको व्यवस्था गर्ने पनि बताए । उनले विगतमा भए गरेका राम्रा कार्यहरुलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाए । उनले औद्योगिक सुरक्षा र अवैध व्यापार नियन्त्रणका लागि सशस्त्र प्रहरी क्रियाशील रहने र सीमा सुरक्षामा हुने अपराध तथा राजस्व छली लगायतका अपराधको चुनौतीलाई अवसरको रुपमा लिई  अघि बढ्ने बताए ।

सशस्त्र प्रहरी उपरीक्षक थपलियाले पर्साका सीमा सुरक्षा तथा औद्योगिक सुरक्षा बिषयमा आफु गम्भीर रहेको भन्दै वीरगन्ज आर्थिक नगर भएकोले यसको महत्व र उपादेयतालाई मध्यनजर गर्दै त्यही अनुरुपको सुरक्षा व्यवस्था मिलाउने बताए ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध कुमार गुप्ताले वीरगन्ज लगायत क्षेत्रमा कायम रहेको शान्ति सु–व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, आन्दोलनमा फुटाइएका सिसिटिभी परियोजनाको व्यवस्थापन र विस्तारमा आफुहरुको निरन्तर सहयोग रहने बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल ,उपाध्यक्ष हरिप्रसाद गौतम, माधवराज पाल, कार्यसमिति सदस्य आशिष लाठ, शिवजी प्रसाद कलवार, निरज अग्रवालले आ–आफ्ना धारणा राखेका थिए ।

 

 

Related posts

वीरगन्जमा गरिब विपन्नहरुलाई कम्बल वितरण

MadhesKhabar

वीरगन्जका क्रिकेटर आसिफ शेखलाई आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड

MadhesKhabar

पर्सागढी नगरपालिकाका बिरामीले पनि निशुल्क रगत पाउने

MadhesKhabar

Leave a Comment