Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सागढी नगरपालिकाका बिरामीले पनि निशुल्क रगत पाउने

मधेसखबर
वीरगन्ज ,१४ मंसिर : पर्साकाे पर्सागढी नगरपालिकाले आफनमे पालिकाका बिरामीलाई आवश्यक पर्दा ब्लड बैंकबाट निशुल्क रगत उपलब्ध गराउने गरि नेपाल रेडक्रस साेसाइटी पर्सा शाखासंग सम्झाैता गरेकाे छ ।

सम्झाैतामा पालिकाका काे पनि व्याक्तिलाई उपचारका क्रममा रगतकाे आवश्यकता परेमा वीरगन्जमा रहेकाे रेडक्रसकाे ब्लड बैंकले निशुल्क रगत उपलब्ध गराउनेछ ।

यसका लागि सम्बन्धित व्याक्तिले पालिकामा स्थायी बसाेबास रहेकाे नागरिककाे परिचयपत्र पेश गर्नु पर्ने र ती कागजातकाे आधारमा सिफारिस गरिने प्रमुख प्रशासकीय अधिकृत छवपरमण भट्टराईले जारी गरेकाे सुचनामा उल्लेख छ ।

भट्टराईले ब्लड बैंकमा रगतकाे प्याकिङ , ग्रुपिङ , भण्डारण इत्यादीमा लाग्ने खर्च नगरपालिकाले भुक्तानी गर्ने सम्झाै गरेकाले अब पालिकाका काेहि पनि व्याक्तिले ब्लड बैंकबाट निशुल्क रगत पाउने जानकारी सुचना मार्फत दिएका छन् ।

Related posts

मधेसमा खुलमखुल्ला बिक्री हुँदै गर्भपतनका अवैध औषधि,समस्या देखिएपछि पुग्छन् अस्पताल

MadhesKhabar

नागरिकताको विषय टुङ्गो नलगाइए आन्दोलनमा उत्रिने पूर्वमन्त्री यादवको चेतावनी

MadhesKhabar

ठाेरीका मतदाता भन्छन् : यसपालिकाे हाम्राे राेजाइ रमेश रिजाल हुन्

MadhesKhabar

Leave a Comment