Madhes Khabar
स्थानिय हेडलाइन

पर्साका सीडीओ अर्यालको सरुवा,अब सुबेदी आउँदै

वीरगन्ज,४भदौंः पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालको सरुवा भएको छ । गृहमन्त्रालयले गृह मन्त्रालय तथा मन्त्रालय मातहत कार्यरत २० सहसचिव र २४ उपसचिवको एकै पटक सरुवा गर्ने क्रममा पर्साका सीडीओ अर्यालकोपनि सरुवा भएको हो ।

रुपन्देहीबाट सरुवा भई पर्सामा २०८१ कार्तिक १२ गते आएका सीडीओ अर्यालको गृह मन्त्रालयमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । अब उनको स्थानमा पर्सामा गृह मन्त्रालयले हाल पाल्पा जिल्लको सीडीओ रहेका तोयनारायण सुबेदीलाई पठाउने निर्णय गरेको छ । पर्सामा अब आउन लागेका सुबेदी पनि अर्यालकै गृह जिल्ला गुल्मीको स्थायीबासिन्दा हुन् ।

यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा कामकाजमा खटाएर मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका छविलाल रिजालाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ । यस्तै धादिङका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका सुमन घिमिरेलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मन्त्रालयको जगेडामा रहेका नमराज घिमिरेलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यसैविच गृहमन्त्री लेखकका निजी सचिव उपसचिव बद्री तिवारीलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ ।

 

Related posts

वीरगन्जमा फेरि तनाव : ठाँउठाँउमा टायर बालेर प्रदर्शन, दुई पत्रकार घाइते

MadhesKhabar

वीरगन्ज महानगरकाे सफाइमा डिजिटल क्रान्ति,गृहिणी महिलाहरु पनि जागरुक बन्दै

MadhesKhabar

आज विजयादशमी, नवदुर्गाकाे प्रसाद स्वरुप टीका र जमरा लगाइँदै

MadhesKhabar

Leave a Comment