Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

भन्सार एजेन्टहरुको आन्दोलन फिर्तापछि वीरगन्ज भन्सारको कामकाज सुचारु

वीरगन्ज,२४मंसिरःमंगलबारदेखि आन्दोलित बनेका देशभरका भन्सार एजेन्टहरूको आन्दोलन स्थगित भएसंगै वीरगन्ज भन्सारसहित देशभरका भन्सार कार्यालयहरुमा बुधबारदेखि मालवस्तुको भन्सार जाँचपास सेवा सुचारु भएको छ ।

बुधबार भन्सार विभाग र एजेन्टहरुबीच भएको वार्ता सकारात्मक भएपछि एजेन्टहरूले आन्दोलनका कार्यक्रम फिर्ता गरेसंगै वीरगन्ज भन्सार कार्यालयकोपनि सेवा सुचर भएको हो ।

भन्सार एजेन्टहरुले देशभरका भन्सार कार्यालयहरूमा मंगलबारदेखि पेन डाउन गरेका कारण वीरगन्जसहित देशभरका भन्सार कार्यालयमा मालवस्तुको भन्सार जाँचपास ठप्प हुदाँ राजस्व स.कलनपनि प्रभावित बनेको थियो ।

बुधबार भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच भएको छलफल सकारात्मक भएकाले पेन डाउन लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको भन्सार एजेन्ट महासंघका अध्यक्ष प्राचिनकुमार थैवले बताए ।

भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै आन्दोलनरत महासंघले मंगलबारदेखि देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरेको थियो । भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पु¥याउने वातावरण सृजना भएको भन्दै उनिहरुले आन्दोलन गरेका थिए ।

 

 

Related posts

पर्सामा हैजाविरुद्धको खोप अभियानमा ९० प्रतिशत सफलता

MadhesKhabar

महशुल नतिर्ने बाराका उद्योगहरुकाे विद्युत लाइन काटिएपछि मजदुरहरु प्रदर्शनमा

MadhesKhabar

उपेन्द्र यादव भन्छन् : बारा–२ मा चुनाव लड्ने निर्णय मैले गरिसकेको छैन

MadhesKhabar

Leave a Comment