Madhes Khabar
मधेस प्रदेश हेडलाइन

पर्सामा स्वतन्त्रको पहिलो जित , प्रदेशसभा सदस्यमा जयसवाल निर्वाचित

मधेसखबर
वीरगन्ज,०७ मंसिर : पर्सामा स्वतन्त्र उम्मेदवारले पहिलो जित हात पारेका छन् । पर्सा क्षेत्र नम्बर ३ को (क) को प्रदेशसभा सदस्यमा काउली चुनाव चिन्ह लिएर चुनाव लडेका प्रमोद जयसवाल विजयी भएका हुन् ।

जयसवाल , ७ हजार ३ सय ८१ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी एमाले–जसपा गठबनधनबाट एमालेका उम्मेदवार अब्दुल रहिम अन्सारीले ५ हजार ९ सय ३० मत पाए । जयसवाल र अन्सारी बिचको मतान्तर १ हजार ४ सय ५१ छ ।नर्विाचत जयसवाल , सखुवा प्रसौनी गाँउपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालका दाइ हुन् ।

तेश्रो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार चन्द्रकिशोर चौधरीले ४ हजार ६ सय ५५ मत पाए भने पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार छोटेलाल यादव ४ हजार ५ सय २८ मतका साथ पाँचौ स्थानमा सिमित हुन पुगेका छन् । उनि २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालको उम्मेदवार बनेर यहि क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

Related posts

सखुवा प्रसौनीकाे वडा कार्यालयमा तोडफोड, कस्ले गर्याे ?

MadhesKhabar

वीरगन्जमा आयोजित मधेस प्रदेश स्तरीय फुटबलको उपाधीमाथि बाराको कब्जा

MadhesKhabar

भिस्वा हाेटलकाे क्यासिनोमा प्रहरीको छापा, चार नेपाली पक्राउ 

MadhesKhabar

Leave a Comment