Madhes Khabar
मधेस प्रदेश हेडलाइन

पर्सामा स्वतन्त्रको पहिलो जित , प्रदेशसभा सदस्यमा जयसवाल निर्वाचित

मधेसखबर
वीरगन्ज,०७ मंसिर : पर्सामा स्वतन्त्र उम्मेदवारले पहिलो जित हात पारेका छन् । पर्सा क्षेत्र नम्बर ३ को (क) को प्रदेशसभा सदस्यमा काउली चुनाव चिन्ह लिएर चुनाव लडेका प्रमोद जयसवाल विजयी भएका हुन् ।

जयसवाल , ७ हजार ३ सय ८१ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी एमाले–जसपा गठबनधनबाट एमालेका उम्मेदवार अब्दुल रहिम अन्सारीले ५ हजार ९ सय ३० मत पाए । जयसवाल र अन्सारी बिचको मतान्तर १ हजार ४ सय ५१ छ ।नर्विाचत जयसवाल , सखुवा प्रसौनी गाँउपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालका दाइ हुन् ।

तेश्रो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार चन्द्रकिशोर चौधरीले ४ हजार ६ सय ५५ मत पाए भने पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार छोटेलाल यादव ४ हजार ५ सय २८ मतका साथ पाँचौ स्थानमा सिमित हुन पुगेका छन् । उनि २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालको उम्मेदवार बनेर यहि क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

Related posts

वीरगन्ज कृषि औजार कारखाना सन्चालन बारे अध्ययन गर्न महावीर पुन समक्ष अर्थमन्त्री शर्माको प्रस्ताव

MadhesKhabar

जसपाका प्रदेश सांसद कौशल यादव लोसपामा प्रवेश

MadhesKhabar

प्रधानमन्त्री देउवाकै वडामा काँग्रेसद्धारा निर्वाचन बहिष्कार

MadhesKhabar

Leave a Comment