वीरगन्ज,८ असार : बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा युवा उद्यमी गजेन्द्र कुमार गुप्ता निर्वाचित भएका छन् ।संघको नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानको सोमबार बिहान घोषित मतगणनाको अन्तिम नजिता अनुसार, प्रतिस्पर्धी उम्मेदवार मनोजकुमार गुप्तालाई फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्षमा गजेन्द्र विजयी भएका हुन् । अध्यक्षमा निपर्वाचित गजेन्द्रले ५२९ मत पाए भने मनोजले १९९ मतमात्रै पाउन सके ।
यस्तै संघको बरिष्ठ उपाध्यक्षमा शीवजी साह सोनार विजयी भएका छन् ।बरिष्ठ उपाध्यक्षमा सोनार ५०२ मतका साथ विजयी हुदाँ उनका प्रतिस्पर्धी उम्मेदवार सन्तोष कुमारले १९५ मतमात्रै पाए ।
यसैगरि वाणिज्यतर्फको उपाध्यक्षमा ५३१ मतका साथ रामबाबु कलवार निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी प्रमोद साहले १११ मत मौ पाए ।यस्तै महासचिवमा प्रकाश गिरि ५१२ मतका साथ निर्वाचित हुदाँ उनका निकटतम प्रतिस्पर्धी सुशील शर्माले १८८ मत पाएका छन् ।
यसैगरि कोषाध्यक्षमा रीना रौनियार ४१२ मतका साथ, वाणिज्यतर्फको सचिवमा २९७ मतका साथ निर्वाचित भएकी छन् ।
वाणिज्यतर्फको सदस्यमा अमरेन्द्र कलवार, नवरतन कलवार, बलराम पौडेल, वीभा गुप्ता, विजय गुप्ता, मनोहरबाबु गुप्ता, मुकुन्द रिजाल , रुपनारायण गुप्ता र श्रीराम साह कानु निर्वाचित भएका छन् ।

