Madhes Khabar
स्थानिय हेडलाइन

तराई–मधेसका जिल्लामा पर्सिसम्म तातो हावा चल्ने, सतर्कता अपनाउन आग्रह

वीरगन्ज,३२जेष्ठः मध्य र पश्चिमी तराई–मधेसका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार बेलुका ६ बजे विशेष बुलेटिन जारी गर्दै जेष्ठ ३२ गते आजदेखि असार २ गते पर्सि आइतबारसम्म तातो हावा तथा तातो लहरको सम्भावना औंल्याएको हो । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार पूर्वबाट नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा सक्रिय छ । मधेस ,लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ ।ती स्थानहरुमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

यस वर्ष सरदर मिति (जुन १३) भन्दा तीन दिन अघि नै कोशी प्रदेशमा भने मनसुनी प्रणाली भित्रिएको थियो । बेलाबेला पानी परिरहेकाले कोशी प्रदेशका जिल्ला शीतल छन् ।बाढी पूर्वानुमान महाशाखाले कोशी प्रदेशका नदीहरुमा बाढी आएर जलसतह बढ्ने सूचना नै जारी गरेको छ ।

महाशाखाले आज बिहान साढे ३ बजे अलर्ट जारी गर्दै तमोर नदीको सतह ६ मिटर बढेकाले सतर्क रहन भनेको छ । ‘ तमोर नदी माझिटार जलमापन केन्द्रमा जलसतह सतर्कता तह (६ मिटर) भन्दा माथि रहेको र बढ्दो क्रममा रहेकाले तमोर नदी तटीय क्षेत्रमा हुनुहुनेहरूले सतर्कता अपनाऔं,’ सूचनामा भनिएको छ ।

Related posts

पर्सामा ११८ उम्मेदवारको जमानत जफत

MadhesKhabar

मेन रोड अतिक्रमण गरि बनाइएका संरचना हटाउन वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

यसरी सम्भव भयो अयोध्यामा बाबरी मस्जिद भत्काएर राम मन्दिरको निर्माण

MadhesKhabar

Leave a Comment