Madhes Khabar
स्वास्थ्य हेडलाइन

प्रदेश सरकारको लापरवाहीले पर्साको सखुवा प्रसौनी जनस्वास्थ्य प्रयोगशालाको सेवा प्रभावित

प्रमोद यादव

पर्सा,१३साउनःपर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर वडा नम्बर २ मा श्रीपुर पचगावामा रहेको जनस्वास्थ्य प्रयोगशाला (ल्याब) को सेवा विगत तीनमहिना देखि प्रभावित भएको छ । मधेस प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले रगत,दिशा र पिसाबको परीक्षण गर्न चाहिने कीट नपठाइदिएका कारण उक्त ल्याबको सेवा गत बैशाखदेखि नै प्रभावित भएको हो ।

मधेस प्रदेश सरकारले गत वर्ष श्रीपुर पचगावामा जनस्वास्थ्य प्रयोगशाला (ल्याब)स्थापना गरिदिएको थियो।४२ थरिको परीक्षण हुने उक्त प्रयोगशालामा आवश्यक उपकरण, सामग्री लगायतको व्यवस्थापनपनि प्रदेश सरकारले गरेको थियो । तर गत बैशाखदेखि प्रदेशको स्वास्थ्य मन्त्रालयले कीट नपठाइदिएका कारण हाल उक्त ल्याबमा ५ थरीको मात्रै परीक्षण हुदैं आएको छ ।कीटको अभावमा ल्याबको अधिकांश सेवा विगत तीन महिनादेखि अवरुद्ध हुदाँ बिरामी र सेवाग्राीहरु ल्याब सेवाका लागि निजी ल्याबमा जान बाध्य छन् ।

सञ्चालनमा आएको बेलादेखि नै सामान्यदेखि दीर्घरोगसम्मको ७५ प्रतिशत सहुलियतमा परीक्षण गर्दै आएको सखुवाप्रसौनी जनस्वास्थ्य प्रयोगशालामा अत्याधुनिक प्रविधिका उपकरण र दक्ष प्राविधिक हुदाँसमेत कीटको अभावका कारणले सेवा प्रवाहमा समस्या भइरहेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु बताउँछन् ।

विगत तीन महीनादेखि किटको अभाव भएको र प्रदेश सरकारले नपठाइ दिएका कारण अहिले ल्याबमा सेवा अवरुद्ध भएको ल्याब टेक्निसियन उमाशंकर प्रसादले बताए। उनले किटकै अभावले ५ पाँच थरीको मात्र परीक्षण हुने गरेको र अन्य परीक्षणका लागि सेवाग्राही अन्यत्र जाने गरेको बताए।

सखुवा प्रसौनी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले भने ल्याबका प्राविधिकले समयमा किट माग नगरेको बताए ।
उनले भने,‘प्रदेश सरकारले कीट पठाएको छैन । ल्याबबाट पनि समयमै कीटको माग पालिकामा आएन। अहिले पुरानो आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्ष सुरु हुदाँ पालिकाको खातापनि पुन सञ्चालनमा आइसकेको छैन । जसले बजेट अभावमा व्यवस्थापन गर्न नसकिएको हो ।उनले थपे,‘ असारअघि नै ल्याबबाट किटको माग भएको भए पालिकाले पनि व्यवस्थापन गर्न सक्थ्यो,अहिले समस्या आएपछिमाात्रै माग भएको छ । तर बजेट अभावमा व्यवस्थापन हुन नसकेको हो ।’

 

Related posts

वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर बिरामीका लागि किमोथेरापी सेवा सुरु

MadhesKhabar

गढीमाई मेलाका लागि बाराका १६ वटै पालिकामा ४ दिन सार्वजनिक बिदा

MadhesKhabar

काँग्रेसका ३२ समानुपातिक सांसदमा रुंगटा र मन्सुर परेनन्

MadhesKhabar

Leave a Comment