Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

जागिर छाडेर चार युवाले काठमाडौंमा बेच्न थाले ठेकुआ, ३ महिनामै नसोचेको व्यापार !

काठमाडौं,२१भदौं :हामीमध्ये धेरैलाई ठेकुआ भन्नासाथ छठ पर्वको प्रसाद याद आउँछ।चार युवाहरूले भने ठेकुआलाई पर्वको विशेष पकवान मात्र नभई, हरेक दिन चिया–नास्तामा पाइने परिकार बनाएका छन्।

अर्जुन साह, विवेक न्यौपाने, राजकुमार घिमिरे र दिनेशज्यू ठकुरी मिलेर ठेकुआ बनाउँछन् र प्याकेजिङ गरी बजारसम्म पु¥याउँछन्।
उनीहरूको उद्देश्य स्थानीय तथा परम्परागत परिकार नयाँ पुस्तालाई चिनाउनु र बजारमा पु¥याउनु हो।

’ठेकुआ विशेषगरी तराई मधेमा बनाइन्छ, छठमा यो अनिवार्य मानिन्छ,’ अर्जुनले भने, ’तर ठेकुआ जतिसुकै बेला, जतासुकै नपाइने भएकाले स्वाद पाएकाले पनि मन लागेका बेला खान पाउँदैनन्। कहिल्यै नखाएकाहरूलाई चखाउन पनि मुस्किल हुन्थ्यो। त्यसैले हामीले जुनसुकै बेला, जहाँ पनि पाउने गरी ठेकुआको व्यवसाय सुरू गरेका हौं।’उनीहरूले गत जेठदेखि बजारमा ’एग्रिरूट्स’ ब्रान्डमा ठेकुआ ल्याएका हुन्।

’सुरूका दुई दिन खासै अर्डर थिएन। तेस्रो दिनदेखि भ्याइनभ्याइ भयो। नसोचेको माग आइरहेको छ, हामी एकदमै खुसी छौं,’ उनले भने।खासगरी काठमाडौंमा ठेकुआ नयाँ स्वाद भएकाले माग बढेको उनीहरूको भनाइ छ।

ठेकुआ छठ विशेष प्रसाद भए पनि ठाउँ अनुसार अन्य स्थानीय पर्वमा पनि पकाइन्छ। यो गहुँको पिठोबाट बन्छ।

पिठोमा चिनी÷सख्खर, घिउ र स्वाद विशेष बनाउन सुकमेल, अलैंची, दालचिनीको धूलो हाल्न सकिन्छ। सबै मुछेपछि पिठोको डल्लोलाई रूचि अनुसार पात, गोलो आकारको बनाइन्छ। त्यसलाई हातैले, ढाकी वा फ्रेममा राखेर बुट्टा पनि बनाइन्छ। सामान्यतया एक मध्यम आकारको बिस्कुट जत्रै हुन्छ। त्यसलाई घिउ÷तेलमा खैरो हुन्जेल तारिन्छ र ठेकुआ तयार हुन्छ।

त्यसैले एग्रिरूट्सले पनि ठेकुआ बनाउन १० जना सिपालु महिलाहरू नियक्त गरेको छ। च्यासलको एक घरमा कोठा भाडा लिएको र ठेकुआ पकाउनेदेखि प्याकिङ र बजार पठाउनेसम्मको काम त्यहीँबाट हुने गरेको छ ।

यहाँबाट दैनिक १ सय किलो ठेकुआ उत्पदान हुन्छ । सुरु गरेको तीन महिनामै ठेकुआबाटै १८ लाख रुपैयाँको कारोबार भएको उनले बताए । अर्जुन सप्तरीका हुन् भने विवेक बुटवलका, राजकुमार बनेपाका र दिनेश उदयपुरका । सेतोपाटी/सविना कार्की

Related posts

जसपाबाट टिकट नपाएपछि जन्नत अन्सारीले दिए स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

चार्जिङ स्टेसन नहुँदा वीरगन्ज नाकाबाट विद्युतीय कारको आयात घट्यो

MadhesKhabar

अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment