Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

महिलालाई उद्योग–व्यपारमा प्रेरित गर्न वीरगन्जमा गरियो हस्तकला सामग्रीको प्रदर्शनी

वीरगन्ज,०५साउनःमहिलाहरुलाई व्यापार तथा उद्यममा लाग्न प्रेरित गर्ने उदेश्यले वीरगन्जमा शनिबार २० औं समर एक्जिविसन–२०२४ आयोजना गरिएको छ । वुमन क्रियसन वीरगन्जको आयोजनामा होटल दियालो लर्डसमा आयोजित एकदिने उक्त व्यापार प्रदर्शनीमा महिलाहरुले बनाएका हस्तकलाका सामग्री, गरगहना, श्रृंगारका अन्य सामाग्री, तयारी कपडा, खानाका परिकार, विद्युतीय सामग्री गरी ७० भन्दा बढी स्टल राखिएको थियो ।

वीरगन्जसहित देशका विभिन्न स्थानका महिलाहरुले आफनो कला र सीप् प्रयोग गरेर बनाएका र उत्पादनका गरे सामग्रीहरु मात्रै प्रदर्शनीमा राखिएको वुमेन क्रियशन वीरगन्जकी अध्यक्ष अन्जु रुंगटाले बताइन् ।

उक्त प्रदर्शनीको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेययर राजेशमान सिंहले गरेका थिए । उद्घाटनपछि पछि स्टलहरुको अवलोकन गर्दै मेयर सिंहले वीरगन्जका महिलाहरुलाई व्यपार र उद्यममा लाग्नका लागि यो प्रदर्शनीले प्रेरित गर्ने प्रतिक्रिया दिए । वीरगन्ज महानगरलेपनि महिलाहरुलाई उद्यम–व्यपारमा महिलालाई प्रोत्साहित गर्न विभिन्न योजना र कार्यक्रमहरु ल्याएको बताए ।

पछिल्लो समय वीरगन्जका महिलापनि समाजसेवासंगै उद्यम र व्यापारमा खुलेर लागेकोमा सरहना गर्दै उनले मेहनत र समर्पण भावले लागे हरेक क्षेत्रमा सफलता हात पर्ने बताए ।उनले भने,‘ वीरगन्जका लागि केहि गर्नु छ भने सबै एकजुट हुनुको विकल्प छैन । राजनीती चुनावका बेला मात्रै गरौं, अहिले भने वीरगन्ज बनाउने अभियानमा हामीसबै एक जुट भएर लागौं ।’

उनले थपे,‘ राम्रोलाई राम्रो, सहिलाई सहि र गलतलाई गलत भन्न नसक्दा वीरगन्ंजको विकासले गतिलिन नसकेको हो ।हिजोको वीरगन्ज र आजको वीरगन्जको अवस्थामा धेरैहद सम्म सकरात्मक परिवर्तन भएपनि त्यसबाट आँफु अझै सन्तुष्ट हुन नसकेको भन्दै उनले भने,‘ असंभवलाई सम्भव बनाउने अभियानमा म जुटेको छु ।यसमा मलाई नगरबासीको हौसला र साथ चाहिएको छ ।’उनले यस आर्थिक वर्षमा वीरगन्जबासीलाई धेरै कुराको उपहार दिने अभियानमा महानगर जुटेको बताए ।

मेयर सिंहले राज्यलाइ वार्षिक १ खर्ब ५८ अर्व राजश्व दिने वीरगन्ज सधै उपेक्षामा परेको भन्दै सरकारले वीरगन्जलाई राजश्व उठाउने थलो मात्रै बनाएको गुनासो गरे ।

प्रदर्शनीमा आएका नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले प्रदर्शनीमा भारतबाट समेत स्टलहरु आएको र यो मेला अन्तर्राष्ट्रिय एक्स्पोको रुपमा स्थापीत भएको दाबी गरे ।महिलाहरुको सक्रियतामा प्रदर्शनीको आयोजना हुनुले वीरगन्जका महिलाहरुपनि उद्यमव्यपारमा सक्षम भएको पुष्टि गरेको उनले बताए ।


भारतीय महावाणीज्य दूतावास वीरगन्जका वाणिज्यदूत सन्जय कुुमारले वीरगन्जमा झण्डै २ हजार पािरवार माडबारी समुदायको बसोबास रहेको र ती समुदायका महिलापनि उद्योग,व्यापार र समाज सेवामा सक्रिय रहेकोमा खुशी व्यक्त गरे ।

वुमन क्रियशन वीरगन्जकी अध्यक्ष अन्जु रुंगटाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधब राजपाल, उद्योगपति अशोक बैद्य लगायतकोपनि सहभागीता थियो ।

 

Related posts

बेल्वामा राेकिएकाे मतदान पुन शुरु

MadhesKhabar

बारामा गाजा खेती फडानी गर्ने अभियान फेरि शुरु

MadhesKhabar

पर्सामा शिक्षा पत्रकार समुह गठन,अध्यक्षमा यादव

MadhesKhabar

Leave a Comment