Madhes Khabar
स्थानिय हेडलाइन

पिकअपमा परालभित्र लुकाएर तस्करी गर्न लागिएको गाँजा र चालक वीरगन्जबाट पक्राउ

वीरगन्ज,०१पुस:पिकअप गाडीमा परालभित्र लुकाएर तस्करी गर्न लागिएकाे लागू औषध गाँजा प्रहरीले वीरगन्जबाट पक्राउ गरेकाे छ।गाँजासहित त्यस्काे तस्करीमा संलग्न एक युवकलाई पनि प्रहरीले पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा गाडीका चालक रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका वडा नम्बर १ घर भएका २८ वर्षीय सुवराज श्रेष्ठ रहेका छन् ।

 

विशेष सूचनाकाे आधारमा प्रहरी चाैकी सिर्सियाबाट साेमबार राति प्रहरी बरिस्ठ नायब निरीक्षक श्याम यादवकाे नेतृत्वमा खटिएको प्रहरी टाेलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १७ काेनियाबाट बा २१ च ७८५५ नम्बरको पिकअप गाडीबाट १ सय ७६ किलो गाँजासहित गाडीका चालक श्रेष्ठलाई पक्राउ गरेको हो ।

 

अलाैंस्थित अस्पतालबाट काेनिया गाउँ जाने ग्राबेल सडकबाट साेमबार राति ८ बजे उक्त पिकअप गाडी नियन्त्रणमा लिएर चेकजाँच गर्दा गाडीमा रहेकाे परालले छाेपेर राखिएको अवस्थामा १२ वटा बाेरामा रहेकाे १ सय ७६ केजी गाँजा बरामद भएको प्रहरी बरिस्ठ नायब निरीक्षक यादवले जानकारी दिए।

मंगलबार अपरान्ह जिल्ला प्रहरी कार्यालयमा आयाेजित पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक अमृत बस्नेतले गाँजा र गाडीसहित पक्राउ परेका श्रेष्ठलाई सार्वजनिक गरे।प्रहरीका अनुसार, मकवानपुरकाे हेटाैंडाबाट गाँजा लाेड गरेर ल्याएकाे चालक श्रेष्ठले बयान दिएका छन्।उक्त गाँजा काेनियासम्म पुर्याउने जिम्मा आँफुले पाएकाे र त्यहाँबाट उक्त गाँजा तस्करले भारत लैजाने तयारी गरेकाे बयानपनि चालक श्रेष्ठले दिएको प्रहरीको भनाई छ।

 

बरामद गाँजा र गाडीसहित पक्राउ गरिएका श्रेष्ठलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

Related posts

मैत्रीपूर्ण भलिबल खेलमा नेपालकाे सशस्त्र प्रहरीसंग भारतीय एसएसबी पराजित

MadhesKhabar

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला

MadhesKhabar

भीषण गर्मीबाट राहत दिन वीरगन्जको घण्टाघरमा निःशुल्क चिसो पिउने पानी वितरण

MadhesKhabar

Leave a Comment