Madhes Khabar
खेलकुद हेडलाइन

विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका २ खेलाडीलाई माेटरसाइकल दिने मेयर सिंहको घोषणा

वीरगन्ज,३चैत : विश्वकप क्रिकेटमा नेपाललाई आइसिसि विश्वकप क्वालिफायरमा पुरयाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रिय टिमका २ जनालाई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले जनही एक एक थान माेटरसाइकल दिने घाेषणा गरेका छन् ।

वीरगन्ज भएका राष्ट्रिय टिमका खेलाडी आरिफ शेख र आसिफ शेखलाई वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले माेटरसाइकल दिने घोषणा गरेका हुन् ।

आईसीसी क्रिकेट विश्वकप लिग २ को बिहीबार भएकाे युएइ विरुद्धको खेलमा ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुबैलाई पुरस्कार स्वरुप एक एक थान मोटरसाईकल दिने घाेषणाा गरेका हुन् ।

राष्ट्रको शीर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिदैं मेयर सिंहले प्रतियोगितामा सहभागि वीरगन्ज घर भएका दुबै जना खेलाडीले प्रदर्शन गरेको खेल वीरगन्जकै लागि गौरबको विषय भएको पनि बताए ।

उनले राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरुले वीरगन्जका उर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको बताए ।

‘खुशी र गौरवको यस क्षणमा आगामि दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै दुबै खेलाडीलाई थप प्रोत्साहन र हौसला बढाउन महानगरपालिकाको तर्फबाट यामाहा एफ जेड एमआई
मोटरसाईकल एक÷एक थान प्रदान गर्ने घोषणा गर्छु ’ उनले भने ।

Related posts

नारायणी अस्पतालका डाक्टर र नर्सहरुकाे आन्दाेलनले चाैतर्फी समर्थन पाउँदै,नेविसंघले पनि जनायाे ऐक्यबद्धता

MadhesKhabar

वीरगन्जकाे पाँचदिने रात्री बजारमा १ लाखभन्दा बढीले गरे अवलोकन

MadhesKhabar

महाेत्तरीकाे बेङखाडी क्लब परवानीपुर गाेल्डकपकाे फाइनलमा

MadhesKhabar

Leave a Comment