Madhes Khabar
कृषि हेडलाइन

पटेर्वा सुगौली र जिराभवानीमा नवनिर्मित कृषि तथा पशुपंक्षी सेवा केन्द्रको कृषिमन्त्री परियारले गरे उद्घाटन

प्रमोद यादव
पर्सा,३ माघ :पर्साको पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकामा नवनिर्मित कृषि तथा पशुपंक्षी सेवा केन्द्रको शनिबार उद्घाटन गरिएको छ।संघीय सरकरका कृषि तथा पशुपंक्षी विकासमन्त्री डाक्टर मदनप्रसाद परियारले ती दुवै पालिकामा नवनिर्मित कृषि तथा पशुपंक्षी सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।

विश्व बैंक र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गत पटेर्वा सुगौली र जिराभवानी गाँउपालिकामा कृषि तथा पशुपंक्षी सेवा केन्द्र निर्माण गरिएको हा ।

उद्घाटन समारोहमा बोल्दै कृषिमन्त्री परियारले विश्व बैंकको सहयोगमा नेपालका ६ वटा प्रदेशको १७१ वटा पालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिएको बताए । उनले बाँकी प्रदेश र पालिकामापनि क्रमिक रुपमा विस्तार गर्दै जाने बताए।

कृषि तथा पशुपंक्षी सेवा केन्द्रबाट किसानहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सेवा प्रदान गरी कृषि र पशुपंक्षी कार्यमा महत्वपूर्ण र उत्कृष्ट सेवा दिन उनले आग्रहपनि गरे ।

नवनिर्मित कृषि तथा पशुपंक्षी सेवा केन्द्रमा स्तनपान कक्ष,अपाङ्ग मैत्री पशुको पोस्टमार्टम,प्रयोगशाला ,बाली उपचार कक्ष, तालिम कक्ष लगायतको व्यवस्था छ ।

पटेर्वा सुगौलीको कृषि तथा पशुपंक्षी सेवा केन्द्रको उद्घाटन कार्यक्रममा मन्त्री परियारले उत्कृष्ट कृषकहरुलाई कृषि उपकरणसहित उत्कृष्ट सम्मानित गरे ।गाँउपालिका अध्यक्ष दिनेश कुमार चौधरीका अनुसार, सम्मानित हुनेहरुमा पशुपालक कृषक कृष्ण थिङ, भैँसी पालक कृषक गोरखनाथ यादव, अन्य कृषि क्षेत्रमा राम्रो काम गरेका विश्वनाथ मुखिया, सरला दास रहेका छन् । त्यसअवसरमा गाँउपालिका उपाध्यक्ष ममता महत्तो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता लगायतकाकोपनि उपस्थिती थियो ।

यस्तै जिराभवानी गाँउपालिकाको कृषि तथा पशुपंक्षी सेवा केन्द्र उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष अनुज चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, विभिन्न वडाका वडाध्यक्षहरू लगायतकाको उपस्थिती थियो ।

Related posts

सखुवा प्रसाैनीमा किसानहरुका लागि व्यवसायिक माछापालन तालिम सञ्चालन

MadhesKhabar

वीरगन्जमा तस्करी गरि ल्याइएको ८ सय किलो काजु बरामद

MadhesKhabar

मधेसका उखु किसानले अझै पाएनन् सरकारी अनुदान रकम

MadhesKhabar

Leave a Comment