Madhes Khabar
समाज हेडलाइन

संघिय सांसद यादवद्वारा बीरगन्जको राधेमाईमा नवनिर्मित रामजानकी मन्दिरको उद्घाटन

मधेसखबर
बीरगञ्ज,१२ फागुन : संघिय सांसद प्रदिप यादवले बीरगन्जको राधेमाईमा नवनिर्मित रामजानकी मन्दिरको प्राणप्रतिष्ठान एवं उद्घाटन गरेका छन् । एक कार्यक्रमका बिच सांसद यादवले बीरगन्ज महानगरपालिका वडा नं. १३ राधेमाई टोलमा स्थित मठमा नवनिर्मित श्री रामजानकी मन्दिरको प्राणप्रतिष्ठान एवं उद्घाटन गरेका हुन् ।

मन्दिरमा आयोजित कार्यक्रममा सांसद यादवले पुजापाठ गर्दै मन्दिरको प्राणप्रतिष्ठान एवं मुलगेटमा लगाइएको रिवन काटेर उद्घाटन गरेका थिए । पर्सा निर्वाचन क्षेत्र नं. १ बाट संघिय सांसदमा निर्वाचित भएका यादवको संसदीय विकास कोषको ३५ लाख रुपैया एवं स्थानियवासीहरुको सहयोगमा मन्दिरको निर्माण भएको हो ।

मन्दिर निर्माण पहिलेदेखी नै भएको अवस्थामा भएपनि सांसद यादवको आर्थिक सहयोगपछि थप व्यवस्थित बनाईएको मठका अध्यक्ष बिनोद मण्डलले बताए ।मन्दिरको उद्घाटन गर्दै सांसद यादवले अगामी दिनमा मन्दिरलाई अझ व्यवस्थित बनाईने बताउँदै नवनिर्मित मन्दिरको उद्घाटन गर्न पाउँदा आफु निकै हर्षित भएको बताए ।


भव्य सजावटका बिच आयोजना गरीएको मन्दिर उद्घाटन समारोहमा बीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह, बीरगन्ज महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अजय चौररिया,वडा नं. १३ का वडा अध्यक्ष हिरा गिरी, मठका अध्यक्ष बिनोद मण्डल स्थानिय समाजसेवी एवं वडावासीहरुको उपस्थिती रहेको थियो ।

मन्दिरको उद्घाटन तथा सो क्षेत्रको सरसफाई भएसँगै मठ अन्तर्गत रहेको जग्गा अतिक्रण लगायतका कार्यमा पनि कमि आउँने तथा स्थानियहरुलाई पुजापाठ एवं धार्मिक गतिबिधि गर्न थप सहज हुने भन्दै स्थानियहरुले खुशी व्यतm गरेका हुन् ।

 

Related posts

सखुवा प्रसौनीकाे वडा कार्यालयमा तोडफोड, कस्ले गर्याे ?

MadhesKhabar

लायन्स क्लब अफ सेन्ट्रल सिटीद्वारा वीरगन्जकाे कपडा बैंकलाई कपडा हस्तान्तरण

MadhesKhabar

वीरगन्जको बीपी उद्यान नजिक `रेल्वे म्युजियम´ बनाउनका लागि महानगरले थाल्याे तयारी

MadhesKhabar

Leave a Comment