Madhes Khabar
समाज

लायन्स क्लब अफ सेन्ट्रल सिटीद्वारा वीरगन्जकाे कपडा बैंकलाई कपडा हस्तान्तरण

मधेसखबर
वीरगन्ज ,०४ माघ :लायन्स क्लब अफ सेन्ट्रल सिटीले विपन्नहरूलाई बाड्न वीरगन्ज स्थित कपडा बैंकलाई कपडा हस्तान्तरण गरेकाे छ।

क्लबले परिवर्तन नेपाल फाउन्डेशनद्वारा स्थापित कपडा बैंकमा जाडाे तथा गर्मीयाममा लगाउने कपडा हस्तान्तरण गरेकाे क्लबकी अध्यक्ष सल्मा खातुनले जानकारी दिइन्। विभिन्न दाताहरुबाट संकलन गरिएका कपडा आवश्यता अनुसार अति विपन्न वर्गलाई बाँडिने फाउन्डेशनका अध्यक्ष रणधीर वर्णवालले बताए।

क्लबकी अध्यक्ष सल्मा खातुनकाे अध्यक्षता तथा डिस्ट्रक्ट डेपुटी क्याबिनेट सेक्रेटरी उमेश शर्माकाे प्रमुख आतिथ्यतामा छपकैंयास्थित लायन्स सर्भिस सेन्टरमा आयाेजित कार्यक्रममा लायन्स रिजन चेयरपर्सन आश्मा सिंह यादव, लायन गुड्डी जाेशी, डा. लक्ष्मी थापा, सुशिला साह, देवन्ती साह, फाउन्डेशनका नेहा साह, सुशील पटेल, बालेश्वर जैश्वाल लगायतकाे उपस्थिति रहेकाे थियाे।

Related posts

वीरगन्जको टेढामा एनआई कलेजले बाँड्यो कम्बल र ज्याकेट

MadhesKhabar

वीरगन्ज नाकाबाट माइती नेपालद्धारा १ वर्षमा १६३ जना महिला र बालबालिकाको उद्धार

MadhesKhabar

अमलेखगञ्जवासी अझ पनि खानेपानीको अभाव खेप्दै

MadhesKhabar

Leave a Comment