वीरगन्ज,२७चैत:पर्साकाे खुवाप्रसौनी गाँउपालिका वडा नम्बर ४ काे वडा कार्यालयमा ताेडफाेड गरिएको छ।मंगलबारराति अपरिचित समुहले वडा कार्यालयमा तोडफोड गरेको हाे।
पहिचान खुल्न नसकेको समुहले मंगलबारराति वडा कार्यालयकाे ढाेका फाेडेर भित्र प्रवेश गरि फर्निचरहरु ताेडफाेड गर्नुका साथै कागजपत्र र फाइलहरु च्यातचुत पारेर छरेकाे अवस्थामा बुधबार बिहान भेटिएको वडाध्यक्ष मोहम्मद आरिफ अन्सारीले जानकारी दिए।उनका अनुसार, कार्यालयमा ताेडफाेड कसले र किन गरेकाे सम्बन्धमा अहिलेसम्म खुल्न सकेकाे छैन।

ताेडफाेडबाट भएको क्षतिकाे विवरण संकलन र उक्त घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए।
घटनास्थलमा बुधबार बिहान ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीकाे प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

