Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा : खोलाहरुको टेन्डर नहुदाँ राजश्व गुम्यो, खोलामा तस्करी भने जारी

फाइल फोटो

प्रमोद यादव
पर्सा,९बैशाखःपर्सा जिल्लामा रहेका केही खोलाहरूको टेन्डर अहिलेसम्मपनि हुन सकेको छैन । तर ती खोलाबाट भने ढुङ्गा,बालुवा र गिट्टीको अवैध उत्खनन् भने जारी छ ।

पटेर्वासुगौली गाउँपालिका अन्तर्गतको भलुवाही खोलाको टेन्डर ४८ लाख रुपैयाँमा लागेको छ । जीराभवानी गााँउपालिका अन्तर्गतको भलुवाही खोलाको टेन्डर २९ लाख ५० हजारमा गरिएको छ । यी खोलाहरूबाट गिट्टी, बालुवा, ढुङ्गा जस्ता नदीजन्य पदार्थको बिक्री भएर पालिकाहरूको आम्दानी बढेको छ ।

तर सखुवाप्रसौनी र पटेर्वासुगौली गाँउपालिकाको बीचमा पर्ने जमुनिया खोला विवादित बनेको छ । पटेर्वासुगौली गाँउपालिकाले दुईपटक टेन्डर आह्वान गरे पनि सीमा विवाद र स्थानीयको असहयोगका कारण ठेकेदारहरूले टेन्डर भर्न मानेनन् र अहिलेसम्म ठेक्का लाग्न सकेको छैन ।

ऊर्जा इन्जिनीयर निर्मल सिंहका अनुसार विवाद समाधान भएपछि मात्र जमुनिया खोलाको टेन्डर प्रक्रिया अघि बढ्नेछ । सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष जशवन्त यादवले खोलाको वातावरणीय परीक्षण प्रतिवेदन तयार भइसकेको र आगामी आर्थिक वर्षमा टेन्डर गरिने बताए । जमुनिया खोलाबाट वार्षिक ८० लाख रुपैयाँ गाँउपालिकालाई आम्दानी हुने गरेको छ । तर यसवर्ष ठेक्का नलाग्दा चालू आर्थिक वर्षमा गाँउपालिकालाई ८० लाख बराबरको क्षति भएको छ ।

यसैगरी, पर्सागढी नगरपालिकामा पर्ने कर्जनिया र सिंघाई खोलाको टेन्डर पनि अहिलेसम्म हुन सकेको छैन । दुवै खोलाको वातावरणीय परीक्षण प्रतिवेदन तयारीमा ढिला भएको र समयमा टेन्डर आह्वान नहुँदा नगरपालिकाले दुईपटक निकालेकोमा ठेकेदारहरूले टेन्डर भर्न उत्सुकता देखाएनन् ।जसले गर्दा दुवै खोलाको ठेक्का लाग्न नसकेको हो।

ठेक्का लाग्न नसकेका खोलाहरूको भने दोहन जारी छ । एकाबिहानै र राति तस्करहरूले नदीजन्य पदार्थको दोहन गर्दै आएका छन् । पालिका, सुरक्षाकर्मी, वनकर्मीहरूले ठेक्का नलागेका खोलाहरूको अनधिकृत दोहन रोक्न सघाएको पाइएको छैन, जसले गर्दा दैनिक ५०औंको संख्यामा ट्याक्टरबाट नदीजन्य पदार्थ चोरी तस्करी भइरहेको छ ।

Related posts

गर्मीले विद्यार्थी कक्षाकोठामै मुर्छा पर्न थाले, वीरगन्जका विद्यालयमा विदा दिनु पर्यो :अभिभावक

MadhesKhabar

छठ पर्व मनाउन वीरगन्ज कारागारका महिला कैदीबन्दीहरुलाई साडी वितरण 

MadhesKhabar

नेशनल मेडिकल कलेजमा जुनियर विधार्थीसंग र्‍यागिङ

MadhesKhabar

Leave a Comment