Madhes Khabar
समाचार हेडलाइन

भ्रम र अफवाहबाट बच्न एमाले नेता यादवको आग्रह, बेल्वामा कार्यकर्ता भेला

वीरगंज, २ फागुन:नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले चुनावी प्रचार अभियानलाई थप तीव्र बनाउँदै पार्टी संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रमलाई निरन्तरता दिएका छन्।

शनिबार बिहानदेखि नै विभिन्न वडामा आयोजित कार्यक्रमहरूमा सहभागी हुँदै यादव वीरगंज महानगरपालिका वडा नं. ३० लालपर्सामा सम्पन्न वडा एकाइ भेला तथा पार्टी प्रवेश कार्यक्रममा उपस्थित भए। त्यसपछि वडा नं. ३१ बेल्वामा एकाइ कमिटीद्वारा आयोजना गरिएको वडा स्तरीय भेलामा पनि उनको सहभागिता रहेको थियो।

दुवै वडामा सम्पन्न भेलामा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले विकास, समृद्धि र स्थायित्वका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन मतदातासँग आग्रह गरे।

कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि पार्टी संगठन एकढिक्का भएर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्। उनीहरूले कार्यकर्ता तथा आम मतदातालाई कुनै पनि प्रकारका भ्रम, अफवाह वा बहकावामा नपर्न सचेत गराउँदै निर्णायक विजयका लागि सबै तहबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। 

Related posts

मधेस चिनाउँदै ‘झिंझिया’

MadhesKhabar

बारामा ट्याम्पु दुर्घटना हुदाँ तीन वर्षिया बालिकाको मृत्यु , ५ जना घाइते

MadhesKhabar

काठमाण्डौमा मधेसीलाई धोती भनेर अपमानित गर्नेहरुलाइ कारबाही गर्न मधेसी आयोगको माग

MadhesKhabar

Leave a Comment