Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जको भवानीपुरमा नवनिर्मित बर्थिङ सेन्टरमा २४ सै घण्टा प्रसूती सेवा सञ्चालन

वीरगन्ज,४पुसः वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरस्थित स्वास्थ्य चौकीमा बर्थिंग सेन्टरपनि सञ्चालनमा ल्याइएको छ । शुक्रबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित बर्थिंग सेन्टरको समुद्घाटन गरेसंगै अब त्यहाँ २४ सै घण्टा प्रसूती सेवा सञ्चालनमा आएको महानगरपालिकाको जनस्वास्थ्य प्रबर्धन शाखाका प्रमुख राजु साहले जानकारी दिए ।

उनका अनुसार, भवानीपुरको स्वास्थ्य चौकीकै भवनमा नयाँ कोठा थपेर शुक्रबारदेखि २४ सै घण्टा सेवा उपलब्ध हुने गरी प्रसूती सेवा सञ्चालनमा ल्याइएको हो । बर्थिंग सेन्टर सञ्चालनका लागि तालिमप्राप्त चार जना अनमीसहितका जनशक्तिको व्यवस्थापन गरिएको साहले जानकारी दिए ।

भवानीपुर स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि अल्टासाउण्ड सेवाका साथै ल्याब सेवापनि यसअघि नै सञ्चालनमा ल्याइसकिएको साहले जानकारी दिए ।अब यसपछि आगामी आइतबारदेखि वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्साको स्वास्थ्य चौकीमा पनि बर्थिंग सेन्टर सञ्चालनमा ल्याउन लागिएके साहले बताए ।

यसअघि वीरगन्ज महानगरपालिका वडा नम्बर २८ बगही र वडा नम्बर २१ लिपनीको स्वासथ्य चौकी बर्थिग सेन्टरमा बर्थिंग सेन्टर सञ्चालनमा ल्यासकिएको साहले जानकारी दिए ।

शुक्रबार भवानीपुरको बर्थिंग सेन्टर समुद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा नम्बर १८ का वडाध्यक्ष उमांशकर तिवारी, स्वास्थ्य चौकीका इन्चार्ज अहमद रेजा अन्सारी लगायतकाकोपनि उपस्थिती थियो ।

Related posts

आज नयाँ वर्ष देशभर हर्षाेल्लाशका साथ मनाइँदै

MadhesKhabar

’बुस्टर डोज’ का लागि थप खोप नेपाल आइपुग्यो

MadhesKhabar

पर्साकाे एकटांगामा २३९ जना सुकुम्बासीलाई निस्सा वितरण

MadhesKhabar

Leave a Comment