Madhes Khabar
राजनीति हेडलाइन

नेपाल-भारतकाे सीमामा तारबार वा पर्खाल लगाउने कुराकाे म विराेधी हुँ : खानेपानीमन्त्री यादव  

वीरगन्ज,१४भदाैं:खानेपानी मन्त्री प्रदीप यादवले नेपाल-भारतबीचकाे खुल्ला सीमामा तारबार वा पर्खाल लगाउने कुराकाे आँफु विराेधी रहेकाे बताएका छन्।शनिबार वीरगन्जमा मिडिया फर बाेर्डर हार्माेनीले आयाेजना गरेकाे नेपाल-भारत सीमापार मिडिया सम्मेलनकाे समापन समाराेहलाई सम्बाेधन गर्दै मन्त्री यादवले नेपाल र भारतबीच राेटी-बेटीकाे सम्बन्ध रहेकाले सीमामा तारबार वा पर्खाल लगाउने कुरा सम्भव पनि नरहेकाे बताए ।
नेपालकाे नाका प्रयाेग गरेर आतंकवादीहरु भारतमा प्रवेश गर्ने गरेकाे भनेर बेला बेलामा दुवै देशका केही तत्वले सीमामा तारबार वा पर्खाल नै लगाउनुपर्छ भन्दै असम्भव विषयलाई चर्चामा ल्याउने गरेकाे बताउँदै उनले भने,` जुन सम्भव नै छैन,र त्यसकाे म विराेधीपनि हुँ।´
नेपाल र भारतका सीमा क्षेत्रका नागरिक आतंकवादकाे खिलाफमा रहेकाे उनले बताए ।उनले भने,`आतंकवादविरुद्धकाे लडाइँमा नेपाल सरकार र नेपाली जनताकाे सदैव साथ र सहयाेग रहेकाे छ।सीमा क्षेत्रका नेपाली जनताले कहिल्यैपनि आतंकवादीलाई पनाह (आश्रय) दिएका छैनन् र दिनेपनि छैनन्।´
नेपाल र भारतबीच कुटनीतिक सम्बन्ध मात्र नभई दुवै देशबीचकाे सम्बन्ध  सामाजिक ,सांस्कृतिक र धार्मिक सम्बन्ध रहेकाे बताउँदै मन्त्री यादवले दुई देशकाे सीमामा एकअर्काकाे असुरक्षा वा अन्य कुनैपनि बहानमा तारबार वा पर्खाल लगाउन सम्भव नै नभएको बताए ।
मन्त्री यादवले काठमाडौं वा दिल्लीमा बसेर नेपाल र भारतकाे सीमालाई हेर्ने दृष्टिकोण र बनाइने धारणामा परिवर्तन ल्याउन आवश्यक भएको बताए।उनले भने,`काठमाडौं र दिल्लीमै बसेर दुई देशका सीमा र त्यहाका नागरिकका बारे धारणा र नीति बनाउने प्रवृत्ति छ ।जुन धरातलभन्दा बिल्कुल फरक हुन्छ ।त्यसकारण काठमाडौं र दिल्लीमै बसेर  सीमाबारे धारणा बनाउनु भएन।´

Related posts

जनप्रतिधिनीहरुको असहयोगका कारण पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन सकेन

MadhesKhabar

बारामा१२ वर्षिया बालिकालाई बलात्कार गरेकाे आराेपमा एक युवक पक्राउ 

MadhesKhabar

वीरगन्जमा स्वीकृति बेगर सन्चालित प्याथोलोजी ल्याब र क्लिनिकमा सिलबन्दी

MadhesKhabar

Leave a Comment