Madhes Khabar
राजनीति हेडलाइन

पर्सा ३ को (ख) मा स्वतन्त्र उम्मेदवारी दिने जसपा नेता शीवजी सोनीको घोषणा

क्रान्ति शाह
वीरगन्ज,२२ असोज : जनता समाजवादी पार्टीका युवा नेता शीवजी सोनीले पर्साको क्षेत्र नम्बर ३ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जसपाले एमालेसंग चुनावी तालमेल गरेपछि पर्साको ३ को (ख) मा जसपाका नेता एंव निवर्तमान सांसद हरिनारायण रौनीयारकी छोरी डाक्टर मधु गुप्ताले टिकट पाउने पक्का भएको छ ।

जसपाका संघीय परिषद सदस्य समेत रहेका सोनीले पर्साको ३ को (ख) को प्रदेशसभा सदस्यमा आइतबार स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।पहिलो मधेस आन्दोलन देखि नै मधेसी दलमा सकृय रहदै आएका सोनीले शनिबार मधेसखबरसंग भने भने ,‘ जसपाबाट टिकट पाउने च्याप्टर क्लोज भयो , अब म पर्साको ३ को (ख ) मा स्वतन्त्रबाट मनोनयन दर्ता गराउछु ।

पार्टीले कारबाही गरेपनि त्यसले आफुलाइ कुनै फरक नपर्ने भन्दै सोनीले भने ,‘ विगत १६ वर्ष देखि म मधेसी दलमा सकृय रुपमा लागि रहे , पार्टीका लागि रातदिन नभनि काम गरिरहे , तर अवसर आउदा पार्टीले कुनै मुल्यांकन गरेन , अब जनताका बिचमा गएर न्याय माग्नुको विकल्प रहेन ।
एमाले जसपा गठबन्धनबाट पर्सा ३ को संघीय सांसदमा एमालेबाट राज कुमार गुप्ता उम्मेदवार बन्ने पक्का छ । यस्तै पर्सा ३ को (क) मा मन्जुर अन्सारीलाइ एमालेले उम्मेदवार बनाउदैछ ।

 

Related posts

जसपा नेपाल विभाजनको मुद्दा पूर्ण इजलासमा पठाउने सर्वोच्च अदालतको आदेश

MadhesKhabar

लामखुट्टेकाे प्रकाेप बढेपछि वीरगन्जका ३२ वटै वडामा विषादी छर्ने महानगरकाे तयारी

MadhesKhabar

व्यावसायिक उत्पादन गर्ने तयारीमा वीरगन्ज कृषि औजार कारखाना

MadhesKhabar

Leave a Comment