Madhes Khabar
राजनीति

पर्सामा कांग्रेसलाई जिताउन सामाजिक सञ्जाल समन्वय उपसमितिको संयोजकमा गुप्ता मनोनित

वीरगन्ज,१८माघःनेपाली कांग्रेस पर्साले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि धिरज गुप्तालाई सामाजिक सञ्जाल समन्वय उपसमितिकोे संयोजकमा मनोनित गरेको छ ।

माघ ८ गते बसेको कांग्रेस पर्सा जिल्ला कार्य समितिको निर्णय अनुसार, गुप्तालाई सामाजिक सञ्जाल समन्वय उपसमितिको संयोजकमा मनोनित गरिएको कांग्रेस पर्साका सचिव दिनेश कुमार चौधरीले जानकारी दिए ।

फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनमा पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा कांग्रेस पार्टीका उम्मेदवारलाई निर्वाचित गराउनको लागि सिंगो पार्टी पंक्तिलाई सशक्त रुपमा परिचालित गराउन अति आवश्यक भएकोले गुप्तालाई सामाजिक सञ्जाल समन्वय उपसमितिको संयोजक पदमा मनोनयन गरिएको चौधरीले जानकारी दिए।

Related posts

मुख्यमन्त्री राउतसंग भिड्दै लाेसपाका युवा नेता सर्राफ

MadhesKhabar

गिरिजाप्रसाद काेइरालालाई पहिलाे राष्ट्रपति नबनाएकाेमा पश्चताप छ: प्रचण्ड

MadhesKhabar

पर्सामा दुई युवाको अध्यक्षतामा जसपाको क्षेत्रीय समितिहरु गठन

MadhesKhabar

Leave a Comment