Madhes Khabar
राजनीति

गिरिजाप्रसाद काेइरालालाई पहिलाे राष्ट्रपति नबनाएकाेमा पश्चताप छ: प्रचण्ड

फाइल फाेटाे

काठमाडौं ,१८असार: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चाताप लागेको बताएका छन् ।

सोमबार स्वर्गीय गिरिजाप्रसाद कोइरालाको एक सयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चाताप लागेको बताएका हुन् ।

आफूले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि काेइरालाले पटक पटक राजीनामा नदिन भनेको उनले स्मरण गरे । उनले कोइरालामा राजनीतिक सुझबुझ र दुरदृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताए ।

उनले भने, ‘उहाँ नभएको भए यहाँसम्म आउने थिएन । गणतन्त्र घोषणा भएपछि म पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो। मैले गर्न सकिन। मलाई पश्चात्ताप छ। मैले प्रस्ताव नगरेपछि पहिलाको जस्तो विश्वास गर्नुहुन्न भन्ने लागेको थियो । तर, उहाँले मेरो नेतृत्व देशको लागि आवश्यक छ भनिराख्नुभयो।’

उनले कोइरालाको चाहानाविपरीत कतिपय निर्णय गर्दा पनि विश्वास गर्न नछोडेको भन्दै गणतन्त्र कोइराला नभएको भए आउन नसक्ने बताए । उनले शान्तिको रक्षा गर्ने कुरा, संविधानको रक्षा गर्ने कुरा र समग्र प्रक्रियाको रक्षा गर्ने कुराको प्रेरणाको स्रोत गिरिजाप्रसाद कोइराला नै भएको बताए ।

उनले गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै हिजोकै केन्द्रिकृत राजतन्त्र ठिक हो कि भनेर प्रश्न उठाउने जमर्को भइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले जनताको अवस्था बदल्न शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका विषयमा काम गर्नुपर्ने बताए ।

Related posts

देउवाकाे मनाेमानी विरुद्धकाे धर्नामा पर्साका नेता कार्यकर्ता पनि सहभागी

MadhesKhabar

देउवाले बनाएको नेविसंघको तदर्थ समितिमा शेखर–गगन पक्षको असन्तुष्टि

MadhesKhabar

मधेसका लागि सडक देखि सदन सम्म लड्ने प्रदीप यादलाई जिताउन महिला नेतृहरुको आह्वान

MadhesKhabar

Leave a Comment