Madhes Khabar
राजनीति समाचार

जेन्जी पुस्ताको आवाज : रजनी थापा,स्थानीय नेतृत्वदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको यात्रामा

मधेस खबर

वीरगन्ज २१ असोज : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र पुस्तान्तरण, युवा सहभागिता र नयाँ नेतृत्वको बहस तीव्र बनेको छ। यही परिवेशमा युवा नेतृत्वको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव बोकेकी रजनी थापा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको दौडमा देखिएकी छन् ।

कांग्रेसको नयाँ विधानले ३५ वर्षमुनिका युवाको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गरेसँगै नयाँ पुस्ताका आकांक्षीहरूका लागि पार्टीको सर्वोच्च निर्णय तहमा पुग्ने अवसरसमेत फराकिलो भएको छ। थापाको उम्मेदवारीलाई यही पुस्तान्तरणको बहससँग जोडेर हेरिएको छ।

तर थापाको परिचय राजनीतिक उम्मेदवारमा मात्र सीमित छैन। उनको नेतृत्व यात्रा स्थानीय तहको युवा संगठनबाट सुरु भएर नेपाल जेसीजको राष्ट्रिय नेतृत्व हुँदै अहिले अन्तर्राष्ट्रिय युवा नेतृत्वको मञ्चसम्म पुगेको छ।

थापा सन् २०११ मा जेसीज अभियानमा प्रवेश गर्नुभएको थियो। त्यसपछि उपाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, कोषाध्यक्ष तथा वरिष्ठ कार्यकारिणी उपाध्यक्षलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै उहाँ सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्ष बनिन्

स्थानीय तहमा संगठन सञ्चालन र युवा परिचालनको अनुभव हासिल गरेपछि उनि  नेपाल जेसीजको राष्ट्रिय नेतृत्वमा पुगिन, । सन् २०२४ मा सम्पन्न नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिवेशनबाट उहाँ राष्ट्रिय अध्यक्ष निर्वाचित भएकी थिएन्  ।निर्वाचनमा थापाले ७६२ मत प्राप्त गरेकि थिइन्।

राष्ट्रिय अध्यक्षका रूपमा उहाँले देशका विभिन्न क्षेत्रका युवा नेतृत्वसँग सहकार्य गर्ने अवसर प्राप्त गरेकी थिइन् । संगठन सञ्चालन, नेतृत्व विकास, युवा परिचालन तथा सामाजिक अभियानमा प्राप्त यही अनुभवलाई उहाँ आफ्नो नेतृत्व यात्राको महत्वपूर्ण आधारका रूपमा अघि सार्दै आएकि छन्।

थापाको नेतृत्व यात्राको अर्को महत्वपूर्ण पक्ष अन्तर्राष्ट्रिय अनुभव हो। सन् २०२६ का लागि उहाँ Junior Chamber International (JCI) को Asia and the Pacific क्षेत्रको Vice President निर्वाचित भएकी छन् ।

JCI को आधिकारिक Board of Directors मा उहाँ JCI Nepal बाट Asia and the Pacific का Vice President का रूपमा समावेश छिन् । यस जिम्मेवारीले उनले नेपाल बाहिरका विभिन्न देशका युवा नेतृत्वसँग प्रत्यक्ष सहकार्य गर्ने अवसर दिएको छ।

स्थानीय र राष्ट्रिय तहमा युवा नेतृत्व गर्दै प्राप्त अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चसम्म विस्तार गर्न सफल थापाले अब त्यही अनुभवलाई नेपाली कांग्रेसको राजनीतिक संगठन र नीतिनिर्माणसँग जोड्ने प्रयास गरेकी छन्।

राजनीतिक नेतृत्व र जेसीज नेतृत्व फरक क्षेत्र भए पनि संगठन सञ्चालन, संवाद, नेतृत्व विकास, सहकार्य र सामूहिक निर्णय दुवै क्षेत्रमा महत्वपूर्ण मानिन्छन्। लामो समयदेखि युवा नेतृत्वसँग काम गरेको अनुभवलाई अब पार्टी राजनीतिमा प्रयोग गर्ने थापाको तयारी छ।

पछिल्लो समय नेपाली राजनीतिमा Gen Z अर्थात् नयाँ पुस्ताको सहभागिता र चासो बढ्दै गएको छ। प्रविधि, रोजगारी, उद्यमशीलता, शिक्षा, विदेशमा रहेका नेपाली युवा, सामाजिक परिवर्तन तथा आधुनिक संगठन निर्माणजस्ता विषय युवा पुस्ताका प्रमुख सरोकार बनेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा पनि नयाँ पुस्तालाई पार्टीको निर्णय तहमा थप प्रभावकारी भूमिका दिनुपर्ने बहस भइरहेको छ। यही सन्दर्भमा थापाको उम्मेदवारीलाई युवा पुस्ताको प्रतिनिधित्व र नेतृत्व हस्तान्तरणको प्रयासका रूपमा प्रस्तुत गरिएको छ।

स्थानीय जेसीजको नेतृत्वबाट सुरु भएको यात्रा, नेपाल जेसीजको राष्ट्रिय अध्यक्षसम्मको जिम्मेवारी र अहिले JCI को Asia-Pacific Vice President सम्म पुगेको अनुभव बोकेकी थापाका लागि कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी राजनीतिक यात्राको अर्को अध्याय बनेको छ।

स्थानीय अनुभव, राष्ट्रिय नेतृत्व क्षमता र अन्तर्राष्ट्रिय दृष्टिकोणलाई राजनीतिक संगठनसँग जोड्ने प्रयासका रूपमा हेरिएको थापाको उम्मेदवारीले कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्वबारेको बहसलाई थप रोचक बनाएको छ।

Related posts

मधेसमा ढल्यो जसपाको सरकार, मुख्यमन्त्री यादवले पाएनन् विश्वासकाे मत

MadhesKhabar

सरकारमा सहभागी हुने लाेसपाकाे निर्णय

MadhesKhabar

वीरगन्जमा ‘जेनजी पर्सा’ गठन,संयाेजकमा कुर्मी चयन

MadhesKhabar

Leave a Comment