Madhes Khabar
राजनीति

सरकारमा सहभागी हुने लाेसपाकाे निर्णय

फाइल फोटो

काठमाडौं ,९चैत : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सम्मानजनकरूपमा सरकारमा सहभागी हुने निर्णय गरेको छ।

बिहीबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरूसँगै सम्मानजनकरूपमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।

सम्मानजनकरूपमा सरकारमा सहभागीताका विषयमा आवश्यक छलफल गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको लोसपा नेता शरदसिंह भण्डारीले जानकारी दिए। उनले चुनावअघिको गठबन्धनलाई जनताले अनुमोदन गरेको र अहिले विभिन्न घटनाक्रमपछि पुनः पुरानै गठबन्धनको सरकार बनेकाले ५ वर्ष गठबन्धनको सरकारले जनताको अपेक्षाअनुरुप काम गर्नुपर्ने बताए।

बैठकले बैशाख १० हुने उपनिर्वाचनमा भाग लिनका लागि आवश्यक तयारी गर्ने उनले बताए। अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि मात्रै भएकाले निर्वाचनमा भने पार्टीले आफू अनुकूलको तयारी गर्ने भण्डारीको भनाइ छ।

बैठकले पार्टीलाई नयाँ ढंगले अघि बढाउन पुर्नगठनका साथ संगठनलाई सदृढीकरणमा ध्यान दिने निर्णय गरेको भण्डारीले बताए।साभार:अन्नपूर्ण पाेष्ठ

Related posts

संसदीय विकास कोष खारेज होइन, यसको रकम अझ बढाउनु पर्छ : पूर्वमन्त्री यादव

MadhesKhabar

भ्रष्टाचारी मुख्यमन्त्री राउतलाई यसपालि हराउन जरुरी छ : उम्मेदवार सर्राफ

MadhesKhabar

एमालेसंगको तालमेल बारे जसपाका शीर्ष नेताहरु बिच मतभिन्नता

MadhesKhabar

Leave a Comment