
मधेसखबर
वीरगन्ज,१७जेठः पर्साको धोबिनी गाउँ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । ६ कार्यपालिका सदस्य चयनका लागि मंगलबार भएको निर्वाचनमा ६ वटै सदस्यमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।
स्थानीय तह निर्वाचनमा धोबिनी गाँउपालिकाको अध्यक्ष जनता समाजवादी पार्टी(जसपा) ले जितेको भभएपनि कार्यपालिका सदस्यमा भने काँग्रेसले क्लीन स्वीप गरेको हो ।
कर्यपालिकाको दलित वा अल्पसंख्यक सदस्यमा काँग्रेसका दिनेश प्रसाद र नन्दकिशोर प्रसाद कानु निर्वाचित भएका छन् ।
महिला सदस्यमा कांग्रेस कै परमजोती कुमारी, रिना देवी, सारदा पासवान र शोभावती देवी विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी भएका काँग्रेस उम्मेदवारहरुले १५÷१५ मत ल्याएका हुन् । उनिनहरुका प्रतिस्पर्धी जसपा र एमालेका उम्मेदवारहरुले भने १२ र ११ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२७ मतदाता रहेको धोबिनी गाउँ कार्यपालिका सदस्यको निर्वाचनमा कांग्रेसका १५, जसपाका ८ र एमालेका ४ मतदाता रहेका थिए । मङगलबार भएकाो निर्वाचनमा कांग्रेस एक्लैले तथा जसपा र एमालेले गठबन्धन गरेर उम्मेदवारी दिएका थिए ।
५ वडा रहेको धोबिनी गाउँपालिकामा बैशाख ३० को निर्वाचनमा जसपाले गाउँपालिका अध्यक्ष सहित दुई वडाध्यक्ष, कांग्रेसले उपाध्यक्ष सहित ३ वडाध्य जितेको थियो ।

