Madhes Khabar
राजनीति

प्रभु साहको हठका कारण गौर हत्याकाण्ड भएको जसपाको दाबी

काठमाडौं,२६ साउन : जनता समाजवादी पार्टी (जसपा)ले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ ।

सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गत मंगलबार पाँचबुँदे सहमति भएको थियो । शुक्रबार पत्रकार सम्मेलन गरेर जसपाले त्यो सहमतिप्रति आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा जसपाका नेता मनिष सुमनले तत्कालीन माओवादी नेता प्रभु साहसहितको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे ।

उनले गौर घटनाका बारेमा बनेका छानबिन समिति र आयोगका प्रतिवेदनहरु सार्वजनिक गर्न पनि माग गरे ।
पत्रकार सम्मेलनमा जसपा नेता राजकिशोर यादवले गौर घटनामा संलग्न रहेको आरोपमा आफ्ना नेताहरुमाथि राजनीतिक प्रतिशिोधका आधारमा मुद्दा दायर गरिएको र नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए ।

२७ जनाको मृत्यु हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो । संघर्ष समितिले १३ साउनदेखि धर्ना दिनुका साथै प्रदर्शन गर्दै आएको थियो ।साभार : अनलाइनखबर

Related posts

पर्साका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (चार वटै क्षेत्रको सुची)

MadhesKhabar

अरुको बैशाखी बनेको नेतृत्वलाई पाखा लगाएसंगै पर्सामा जसपा मजबुत भएको छ : प्रदीप यादव

MadhesKhabar

त्रिवि केन्द्रीय क्याम्पसकाे स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित

MadhesKhabar

Leave a Comment