Madhes Khabar
राजनीति

अरुको बैशाखी बनेको नेतृत्वलाई पाखा लगाएसंगै पर्सामा जसपा मजबुत भएको छ : प्रदीप यादव

वीरगन्ज, १५ कार्तिकः वीरगन्जमा बुधबार जनता समाजवादी पार्टी नेपाल पर्साको अगुवा कार्यकर्ता भेला एवं चियापान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै जसपाका प्रमुख सचेतक समेत रहेका पर्सा क्षेत्र नंबर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादबले पर्सा जिल्लामा पार्टी मजबुद हुँदाहुँदै पनि यसअघिको नेतृत्व कमजोर हुँदा पार्टी नाजुक अवस्थामा पुगेको भएपनि अहिले आएको नयाँ नेतृत्वले पार्टी चलायमान बनाउने विश्वास व्यक्त गरे ।

’संगठन छ, नेता कार्यकर्ता छन् तर पनि जिल्ला कमाण्डर (नेतृत्व) कमजोर र अरुको बैशाखी बन्दा पार्टी नाजुक बन्न पुग्यो,’ उनले भने , ’अरुको बैशाखी बनेको कमजोर नेतृत्वलाई जिल्लाभरका साथीहरुको प्रयासले पाखा लगाएर मजबुद नेतृत्व चयन गरेसँगै पर्टीमा उत्साह र चलायमान बन्ने आशा जगाएको छ ।’

अब पार्टीको कार्यक्रम दिनहुँ हुने भन्दै उनले पार्टी चलायमान र गतिशील बनाउँदै जिल्लाको चार वटै क्षेत्रमा पार्टीलाई बलियो बनाउने अभियान अघि बढ्ने बताए ।

फरक प्रसंगमा यादवले अहिले देशको राजनीतिक अवस्था ठिक नभएको भन्दै संघीयतालाई धरापमा पार्न केही तत्व लागि परेको बताए । तराई–मधेसलाई मरुभुमीकरण बनाउने षड्यन्त्र स्वरुप सरकारले सदनमा पेश गर्न लागेको विधेयक फिर्ता नल्याए सरकारबाटै आफूहरु बाहिरिने चेतावनी पनि उनले दिए ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पर्सा जिल्लाका १/२ जना बाहेकका सबै नेता कार्यकर्ताको साथ रहेकाले सिंगासन सा तेली अध्यक्ष रहेकै जिल्ला कार्यसमिति आधिकारीक रहेको बताए ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य मोहनलाल चौधरी, जनार्दन यादव, भीमा यादब, संघीय परिषद सदस्य विपिन यादव, शिवजी सोनी, जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, प्रेमबाबु पटेल, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।पार्टीका जिल्ला अध्यक्ष सिंगासन सा तेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण पार्टीका जिल्ला सचिव उमेशलाल सहनीले गरेका थिए ।

 

Related posts

रवि लामिछाने काठमाडौंमा पनि ६० लाख धरौटी बुझाएर रिहा

MadhesKhabar

सजाय माफीका लागि रेशम चौधरीले पठाएको पत्र राष्ट्रपतिबाट गृहमन्त्रालयमा फिर्ता

MadhesKhabar

वीरगन्जको उपमेयरमा पराजित जयसवाल सांसद बन्न सफल

MadhesKhabar

Leave a Comment