Madhes Khabar
राजनीति

सजाय माफीका लागि रेशम चौधरीले पठाएको पत्र राष्ट्रपतिबाट गृहमन्त्रालयमा फिर्ता

काठमाडौं, १२ जेष्ठ : सजाय माफी गरी आफूलाई कैदमुक्त गर्न माग गर्दै रेशम चौधरीले पठाएको पत्र राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयमा पठाएका छन् ।

रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका रेशमले बाँकी सजाय माफीका लागि दिएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको थियो ।

चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो ।

साथै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ । उनले रेशमलगायतलाई थुनामुक्त गर्न नहुने माग राखेर राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन् ।साभार : अनलाइनखबर

Related posts

वीरगन्ज महानगरमा एमालेको पहिलो जित , ३१ नम्बर वडामा जितेन्द्र यादव विजयी

MadhesKhabar

गठबन्धनमा सहमति : पर्साको २ र ४ काँग्रेसले पाउने पक्का , १ र ३ को निर्णय भोलि हुने

MadhesKhabar

बिश्रामपुरमा जसपा–एमालेको सम्पर्क कार्यालय उद्घाटन

MadhesKhabar

Leave a Comment