Madhes Khabar
राजनीति

वीरगन्जमा जसपाको केन्द्रिय बैठक सम्पन्न : चैतमा संघीय परिषद् भेला काठमाडौंमा गर्ने निर्णय

वीरगन्ज,१३माघःजनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्को भेला आगामी चैतमा हुने भएको छ । आइतबार वीरगन्जमा सम्पन्न जसपाको केन्द्रीय समितिको दुई दिने बैठकले आगामी चैतमा संघीय राजधानी काठमाडौंमा संघीय परिषद्को भेला गर्ने निर्णय गरेको जसपाका उपमहासचिव प्रदीप यादवले जानकारी दिए ।

उनका अनुसार, बैठकमा अध्यक्ष अशोक राईले पेस गरेका राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै संघीय परिषद् भेला आगामी चैतमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष राईले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव,समसामयिक प्रस्तावसंगै संघीय परिषद्को भेला चैत महिनामा काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेका थिए ।

यस्तै बैठकले अहिले खाली रहेका पार्टीका विभाग र संरचनाहरूलाई पूर्णता दिने निर्णय समेत गरेको संघीय खानेपानी मन्त्री समेत रहेका यादवले जानकारी दिए । संघीय परिषदको भेला भन्दा पहिले नै पार्टीको जिल्ला र प्रदेश समितिहरूलाई पूर्णता दिने निर्णयपनि बैठकले गरेको उनले बताए ।

शनिबारदेखि सुरु भई आइतबार सकिएको बैठकमा विचार वा मुद्धा मिल्ने राजनीतिक दल र शक्तिहरुसंग सहकार्य र एकिकरण गर्न सकिने विषयमा व्यापक छलफल भएको जानकारी दिए ।

यस्तै बैठकमा सत्तारुढ दल र सरकारले भन्दै आएको संविधान संशोधनका एजेण्डामापनि छलफल र चर्चा भएको बैठकमा सहभागी जसपाका केन्द्रिय सदस्यसमेत रहेका वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए ।

केन्द्रिय अध्यक्ष राईको अध्यक्षतामा बसेको बैठकमा संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, उपमहासचिव तथा मन्त्री प्रदीप यादव, उपाध्यक्ष शुशीला श्रेष्ठ,उपाध्यक्ष रणध्वज लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव बिरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झाका साथै केन्द्रिय सदस्यहरुको सहभागिता रहेको थियो ।

Related posts

ठाकुरराम क्याम्पसमा नेविसंघले किन टुंगो लगाउन सकेन उम्मेदवार ?

MadhesKhabar

राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजिनामा

MadhesKhabar

महाधिवेशनकाे तयारीका लागि पर्सामा जसपाकाे बैठक सम्पन्न

MadhesKhabar

Leave a Comment