Madhes Khabar
राजनीति

वीरगन्जको उपमेयरमा पराजित जयसवाल सांसद बन्न सफल

मधेसखबर
वीरगन्ज,२४ मंसिर : गत स्थानीय तहको निर्वाचनमा वीरगन्जको उपमेयमा पराजित विना जयसवाल , प्रतिनिधीसभा सदस्य.सांसद बन्न सफल भएकी छन् ।

राप्रपाले शनिबार निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका ७ जना सांसदको नाममा जयसवाल पनि परेकी हुन् ।वीरगन्ज महानगरपालिका वडा नम्बर २४ निवासी जयसवाल , गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा राप्रपाकै तर्फबाट वीरगन्ज महानगरको उपमेयरकी उम्मेदवार बनेकी थिइन् । उक्त चुनावमा जयुवाल , ५ हजार ९८८ मतका साथ तेश्रो स्थानमा सिमित भएकी थिइन् ।

राप्रपाले प्रतिनिधिसभातर्फ जयुवालसंगै पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा र अनिषा नेपालीको नाम आयोगमा पठाएको हो। केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङदेनलाई दिइएको थियो।

राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको हो ।

 

Related posts

पर्सामा मेयरकै वडामा लौरो छापका स्वतन्त्र उम्मेदवार विजयी

MadhesKhabar

महाधिवेशनको तयारीमा जुट्यो जसपा

MadhesKhabar

बारा ४ को ख बाट प्रदेशसभा सदस्यमा युवा नेता लोकेश सिंह सिफारिस

MadhesKhabar

Leave a Comment